Logo

संसद् अधिवेशन आजबाट



काठमाडौँ, ४ पुस । सङ्घीय संसद्को हिउँदे अधिवेशन आज शुक्रबारदेखि सुरु हुँदैछ । हिउँदे अधिवेशनलाई विधेयक अधिवेशनका रूपमा पनि लिइन्छ । राष्ट्रपति विद्यादेवी भण्डारीले शुक्रबार दिउँसो २ः०० बजे दुवै सदनको बैठक आह्वान गरेका छन् ।

हिउँदे अधिवेशनमा प्रतिनिधि सभाको प्रमुख कार्यसूची नै सभामुख चयन छ । असोज १४ गते तत्कालीन सभामुख कृष्णबहादुर महराले राजीनामा दिएपछि स्थान रिक्त छ । शुक्रबारको पहिलो बैठक भने उपसभामुख डा. शिवमाया तुम्बाहाङ्फेले सञ्चालन गर्ने छन् ।  संविधानको धारा ९१ ९४० को व्यवस्थाअनुसार सभामुखको अनुपस्थितिमा उपसभामुखले बैठक सञ्चालन गर्नेछन् । सभामुख तथा उपसभामुख दुवैको स्थान रिक्त रहेको अवस्थामा भने ज्येष्ठ सदस्यबाट बैठक सञ्चालन गर्नसक्ने संवैधानिक व्यवस्था छ ।
गोरखापत्र दैनिकबाट



प्रतिक्रिया दिनुहोस्