Logo

स्वास्थ्य बीमा असफल, बीमितहरु नै भाग्न थाले



काठमाण्डौ । सरकारले २०७२ चैत २५ गतेबाट कैलाली, बागलुङ र इलामबाट सुरु गरेको स्वास्थ्य बिमा कार्यक्रम अहिलेसम्ममा ४६ जिल्लामा विस्तार भएको छ । तर, तोकिएको सुविधा नपाएपछि नवीकरण गर्नेको संख्या भने स्वात्तै घटेको छ । तर बिमा गर्दा गरिएको बाचाअनुसारको सेवा सुविधा नपाएको भन्दै विमा गरिसकेका नागरिकले समेत छाड्दै गएका छन् ।

सरकारले बेला बखतमा विभिन्न कार्यक्रम योजना लागु गर्ने गरेको छ । तर यसरी गालु गरेको कुनै पनि योजना सफल र प्रभावकारी हुन सकेका छैन्न । ती मध्येको एक हो स्वास्थ्य विमा कार्यक्रम । २०७२ मा ३ वटा जिल्लाबाट शुभारम्भ गरेको स्वास्थ्य विमा कार्यक्रम २०७६ मा आइपुग्दा ४६ जिल्लामा विस्तार भएको छ । यस कार्यक्रमलाई सरकारले पुरै नेपाली सहभागी गराउने लक्ष्य लिएको छ । सरकारको दाबी विपरितको यो कार्यक्रम प्रति विस्तारै नागरिकहरु विकर्षित हुन थालेका छन् ।

बिमा गराउनेलाई तोकिएका स्वास्थ्य संस्थाले आवश्यकताअनुसार औषधि उपलब्ध गराउनुपर्छ तर सम्झौता गरेका अधिकांश स्वास्थ्य संस्थाले ‘औषधि छैन’ भन्दै बिरामीलाई फर्काउने गरेको धनुषाका बीमित अम्बिका मण्डलाको अनुभव छ । कपिलबस्तु तौलिहवा भिक्षुचोकमा पसल गर्दै बसेका ५० वर्षीय घनश्याम भट्टराइले गत बर्ष गत साल स्वास्थ्य बिमा गरेर सेवा नपाएपछी पछुताउनु परेकोले अहिले स्वास्थ्य बिमा नविकरणनै गरेका छैन्न ।

स्वास्थ्य बिमा बोर्डका प्रमुख कार्यकारी अधिकृत रमेशकुमार पोखरेल बोर्डले गुणस्तरीय सेवा जनतामा पु्र्याउन नसकेका कारण कार्यक्रम सफल हुन नसकेको सहजै स्विकार गर्छन् । स्वास्थ्य संस्थाहरुले बिरामीलाई मागअनुसार औषधि नदिने, बिरामीलाई राम्रो व्यवहार नगर्ने जस्ता गुनासो बढ्दै गएकोले कार्यक्रमलाई प्रभावकारी बनाउने योजना ल्याउन लागिएको पोखरेल बताउँछन् ।

बोर्डको तथ्यांकअनुसार चालू आवको पहिलो चार महिना–साउन–कात्ति क) मा स्वास्थ्य बिमा लागू भएका ४६ जिल्लाबाट ७ लाख ३१ हजार ६८७ जनाले नवीकरण गरेका छन् । जबकी ती जिल्लामा १६ लाख ८६ हजार २२९ जनाले स्वास्थ्य बिमा गरेका थिए।स्वास्थ्य सेवा बोर्डले उपलब्ध गराएको तथ्यांक अनुसार सबैभन्दा कम नवीकरण गर्नेमा ५ जिल्लाका बासिन्दा छन् ।

सिरहामा ०.०५७ प्रतिशत, मुगुमा ०.०५, बाँकेमा ०.०७, हुम्लामा ०.५०, दार्चुलामा ०.१२ र स्याङ्जामा ०.२८ प्रतिशतले मात्र स्वास्थ्य बिमा नवीकरण गरेका छन् । स्वास्थ्य बिमा नविकरण गर्नेमा अधिकांश महिला र वृद्धवृद्धा छन् । धेरै ठाउँमा पुरुषहरुले स्वास्थ विमाको नविकरण नै गरेका छैनन् । सहभागिले पनि राम्रो सेवा नपाएको भन्दै छाड्न थालेका छन् मन्त्री स्तरबाट कम चासो, कर्मचारी स्तरबाट ज्यादा निस्कृयता र जनतामा बढेको अविश्वसनीयताका कारण स्वास्थ्य विमा कार्यक्रम करिब अलफलताको विन्दुमा पुगेको छ ।



प्रतिक्रिया दिनुहोस्