काठमाडौं, ५ पुष । काँस्की क्षेत्र नम्बर २ बाट निर्वाचित प्रतिनिधिसभा सदस्य विद्या भट्टराईले हिजोबाट संघीय संसदको आफ्नो यात्रा आरम्भ गरेकी छिन् । संसद भएपछि पहिलो पटक टिभी अन्तर्वार्ता प्राईम टाईम्स टेलिभिजनको लागि दिँदै उनले आफूले जनतासँग गरेका वाचा तथा प्रतिबद्धता पूरा गर्ने अठोट गरेकी छिन् ।
पत्रकार ऋषि धमलाले सञ्चालन गर्दै आएको चर्चित कार्यक्रम ‘जनता जान्न चाहन्छन्’ मा हिजो (शुक्रबार) कुरा गर्दै उनले स्वर्गीय पति रविन्द्र अधिकारी वाईडबडी घोटाला प्रकरणमा निर्दोष रहेको दाबी गरेकी छिन् ।
भट्टराईसँगको अन्र्तवार्ताको संक्षिप्त अंश
हिउँदे अधिवेशनमा पहिलो पटक जादाँ कस्तो महसुस गर्नुभयो ?
प्रतिनिधिसभामा आम जन्ताको भावनालाई लिएर प्रतिनिधित्व गर्नुपर्ने जस्तो लाग्छ । जनताको म्यानडेट लिएर गएकी छु त्यस क्यानडेटलाई लिएर म अगाडी बढ्ने छु । बैठक छिटै सकियो भित्र पस्दा मैले आफुलाई गौरभाम्वित महसुस गरेको छु ।
तपाई सभामा जादाँ नेताहरुसंग कुरा गर्नुभयो तपाईप्रति नेताहरुको के दृष्टीकोण छ ?
मलाई सबै नेताहरुले शुभकामना दिनु भयो, कार्यकाल राम्रो होस भन्नुभयो । कार्यकाल सफल होस भन्नुभयो ।
त्यसोभए सभामा तपाई के एनेन्डा लिएर जानुहुन्छ, कुन कुन एजेन्डालाई उथान गर्नुहुन्छ आगामी दिनमा ?
प्रतिनिधि सभा सदस्यको हैसियतले विधेयकमा भूमिका हुने भयो । विधेयकमा छलफल हुन्छ, त्यसमा म आफ्नो धारण राख्नेछु । त्यसैगरि निती निर्माणमा मेरो भुमिका हुनेछ । विकासका कार्यहरु कहाँ पुगे भन्ने कुरामा ध्यानआर्कषण गराउछु ।
जन्ताको प्रतिनिधिलाई धेरै समस्या हुन्छ, नेताहरु काम नगर्दा जनताले गुनासो पनि गर्छ, तपाईले जितेर आएको क्षेत्रका आपेक्षा क छन् ?
त्यस क्षेत्रका जन्ताले पाँच वर्षको लागि चुनेको प्रतिनिधि पद दुई वर्षमै पद रिक्त भयो, त्यस क्षेत्रमा पुनः निर्वाचन गराउन प¥यो । कास्की २ का प्रतिनिभिसंग जन्ताको समबन्ध एकदम नजिक थियो , अपेक्षा धेरै थियो, आपेक्ष पूरा गर्ने राम्रो नेता थिए रविन्द्र अधिकारी । मलाई पनि जन्ताले रविन्द्र अधिकारी जस्तै काम गर्नुस, हामीले त्यही विस्वास र आपेक्षा गरेका छौँ, हामीले अधिकारीलाई सम्मान गर्यौ , पार्टीले अधिमत मागेको थियो, हामीले सो अभिमत पार्टीलाई दिएका छौँ , पुरा जिम्मेवारीका साथ अगाडी बढ्नुस हामी तपाईको साथमा छौँ भन्नुभयो ।
तपाईलाई दिएको मत तपाईको हो कि स्वर्गीय रविन्द्र अधिकारीको लागि थियो ?
जनमतलाई मैले तीन प्रकारले लिएकी छु, नेकपाले त्यस क्षेत्रमा तीनै पटक जितेको छ । नेकपाको विस्वास अझै त्याहाँको जनतामा छ । रविन्द्र अधिकारी र जनताको सम्बन्ध निर्वाचनमा मात्र केन्द्रित थिएन , उहाँले गरेको काम प्रति जनतालाई भरोसा थिया । रविन्द्र अधिकारीले गरेको काम र योगदान जनताले बुझेको छ । विद्दा भट्टराईको राजनिति पृष्टभुमी र जनतासंगको सम्बन्ध भरोसाको कारण जोडिएको छ । प्रध्यापक पेशा छाडेर राजनितिमा आएका छु , रविन्द्र अधिकारी जस्तै काम गर्ने योग्यता पनि छ । काम गर्ने क्षमता भएको कारण मलाई जनताले चुनेको छ । जनतामा नेकपा पार्टीको भरोसा, रविन्द्र अधिकारीको योगदानको कदर र विद्दा भट्टराई प्रति विस्वासका कारण हामीले निर्वाचन जित्यौँ ।
रविन्द्र अधिकारीले जसरी पोखरा र देशको लागि काम गर्नुभयो, तपाईलाई कतिको गाह्रो छ रविन्द्र अधिकारी जस्तो काम गर्न, विकास र समृद्धिलाई कार्यवान्यन गर्न निकै चुनौतिहरु छन् ?
चुनौति सबै ठाउँमा छ । नेता भएर आउँदा एउटा भिजन हुनु प¥यो । भिजन भनेको मैले विकासलाई कसरी हेर्छु । राजनिति र विकासलाई हामी जोड्न सक्छौ कि सक्दैनौ ? अहिले राजनिति र विकास जोडिदै छ । हिजो सम्म विकास केही पनि हैन राजनितिमा मात्र ध्यान केन्द्रित थियो भने अहिले राजनिति विकाससंग सम्बन्धित भएर जानु पर्छ ।