Logo

स्टार हस्पिटलको ‘स्टार अस्योरेन्स’ सुविधा सुरु, पहिलो सेवाग्राही मेयर महर्जन (फोटोफिचर)



काठमाडौं, ५ पुस । ललितपुरको सानेपास्थित् स्टार हस्पिटलले आजबाट स्टार अस्योरेन्स सुविधा कार्यान्वयनमा ल्याएको छ । स्टार अस्योरेन्सको राष्ट्रिय सभाका अध्यक्ष गणेशप्रसाद तिमल्सिनाले आज (शनिबार) शुभराम्भ गरेका हुन् ।

कार्यक्रममा अध्यक्ष तिमिल्सिनाले स्वास्थ्य सेवालाई सर्वसाधारणको पहुँचसम्म पुर्‍याउन अस्योरेन्सको भूमिका महत्वपूर्ण हुने धारणा राखेका थिए । उनले महङ्गो हुँदै गएको स्वास्थ्य सेवालाई सर्वसुलभ बनाउनुपर्नेमा जोड दिए । अध्यक्ष तिमिल्सिनाले अस्योरेन्स सुविधामार्फत स्वास्थ्य सेवालाई सर्वसुलभ बनाउन सकिने धारणा राखे ।

हस्पिटलले संविधानप्रदत नागरिक हकको बारेमा अभियान थालेको भन्दै धन्यवाद दिए । उनले भने, यस्तो अभियानले महंगो हुदै गएको स्वास्थ्य सेवालाई सर्वसाधरणको पहुँचमा पुर्‍याउन महत्वपुर्ण भुमिका खेल्छ । हामी स्वस्थ रहने कुरामा कति ध्यान दिन्छौ । व्यक्ति स्वस्थ रहेमात्र समाज र मुलुक स्वस्थ हुन्छ । सामाजिक उत्तरदायित्वको बहन गरौं । घरघरमा सचेतना पु‍र्याउँ । नियमित रूपमा विद्यालय र कलेज स्तरमा विद्यार्थीहरुलाई चेकअप गर्न जरुरी छ ।

उनले स्वास्थ्यमा पुर्व साबधानीका कुरामा जोड दिनुपर्ने सुझाव दिए । यसको लागि उनले नियमित स्वास्थ्य चेकजाँच गर्न आग्रह गरेका छन् । उनले मुलुक यतिवेला राजनितिक संक्रमणको युग समाप्त गरेर बिकास र समृद्विको युगतर्फ लम्किरहेको पनि बताए । स्टार हस्ष्टिलको उक्त अफरले मान्छेको आयु बढ्ने र खर्च घट्ने पनि उनको भनाई थियो ।

ललितपुर महानगरपालीका मेयर चिरीबाबु महर्जनले ललितपुर महानगरपालिकाले निर्वाचनपछि सबै जनप्रतिनिधिको बिमा कार्यक्रम ल्याएको स्पष्ट पारे । उनले भने, “मेरो अप्रेसन हुदा बिमा कम्पनीले १,७२,००० चेक अफिसमै ल्याईदिनुभयो । स्टार हस्पिटलले ल्याएको यो अफर पनी मैले एक नम्बरमा किन्न पाऊँ । आजै साइन गर्छु । पहिलो सेवाग्रही म नै बन्छु । सबैलाई लिन पनि आग्रह गर्छु”

कार्यक्रममा अस्पतालका प्रवन्ध निर्देशक डा. शैल रुपाखेतीले हस्पिटलले शिखर र सिटीजन लाईफ ईन्स्योरेन्स कम्पनीसंग सहकार्य गरी संचालनमा ल्याएको अफरको बारेमा प्रकास पार्दै हस्पिटलले प्रदान गरिरहेको सेवा सुबिधाको बिषयमा सुनाएका थिए ।

कार्यक्रममा केएफएकी निर्देशक ज्यासमिन हाडा बज्राचार्यले वीमाको महत्वबारे प्रकास पारिन्। उनले भनिन्, बिमा सबैको लागी जरुरी छ । नेपालमा पहिलो पटक स्टार हस्पिटलले यस्तो अफर ल्याएको छ । सवैले यो अवसरको सदुपयोग गरौं ।

त्यस्तै, ज्यापु समाज अध्यक्ष तथा पुर्व सभाषद चन्द्र महर्जनले स्टार हस्पिटलको उक्त कार्य सराहनीय रहेको स्पष्ट पारे । उनले भने, हामी सबै ज्यापु समाजका सदस्य यसमा लाग्छौ । यो कार्यक्रमले ब्यक्तिलाई मात्र होइन राज्यलाई नै फाईदा हुन्छ ।

केएफए अध्यक्ष रेशा झाले हस्पिटलमा कार्यालय राखेको सुनाउँदै उक्त सेवाको बारेमा आएर बुझ्नपनि सेवाग्राहीलाई अपिल गरे । उनले उक्त कार्यक्रमलाई सफल बनाएरै छोड्ने विश्वास दिलाए।

कार्यक्रममा सिटीजन लाइफ इन्स्योरेन्स कम्पनीका सिइओ पोषक राज पौडेलले उक्त कार्यक्रमलाई विशेष अभियानको संज्ञा दिए । बिमा क्षेत्रमा निजी क्षेत्रको प्रवेशपछि धेरै ठुलो सहयोग मिलेको धारणा राख्दै देश र जनतालाई फाईदा हुने उनको भनाई छ । उनकाअनुसार बिमाले खर्च व्यहोरेपछि भ्रष्टचार पनी कम हुनेछ ।

शिखर इन्स्योन्स प्रा.ली.का सिइओ दिपक प्रकाश पाण्डेले बिमा गर्न आउन आग्रह गरेका थिए । उनले विमा गर्नुअघि शर्तहरु बुझेर आउन सुझाएका थिए । उनले भने, बिमाले तिर्छ । ढिलो नगरौं समयमै बिमा गरौं ।

कार्यक्रममा प्रदेश सभा सदस्य राजकाजी महर्जनले पनि उक्त कार्यक्रमको बारेमा आफूले जिल्लाभरि नै प्रचार गर्ने जानकारी दिए । उनले भने, यो प्याकेज म पनि लिन्छु । पार्टीको जिल्ला सचिव भएको नाताले सबै नेता तथा कार्यकर्तालाई लिन अनुरोध गर्छु । यसले धेरै फाइदा गर्छ ।

प्रतिनिधी सभा सदस्य कृष्णलाल महर्जनले उक्त कार्यक्रमको लाभ लिनको लागि सबै सहभागी बन्नुपर्ने धारणा राखेका थिए । उनले कार्यक्रमको लाभ लिएकाहरुले अरुलाई पनि यसमा सहभागी बनाउन सहयोगी भूमिका खेल्नुपर्ने सुझाव दिए । उनले आफूमात्रै नभएर आफ्नो परिवारका सबै सदस्यहरुको पनि विमा गर्ने बिश्वास दिलाए । उनले दोहोर्याए भने, सबैलाई सहभागी हुन आग्रह गर्छु ।

स्वास्थ राज्यमन्त्री नवराज रावतले प्रचार गरेजस्तो सेवाग्राहीलाई सेवा दिन अस्पताल प्रशासनसँग आग्रह गरे । उनले भने, सेवासुविधा दिने कुरामा कन्जुस्याई नगर्नुस् । ब्यक्ति स्वस्थ्य नहुने हो भने देश स्वस्थ्य हुन सक्दैन। यो सेवा ७७ वटै जिल्लामा विस्तार गरौं। यदि आवश्यक छ भने कानुनमा पनि सुधार गर्छौ ।

स्टार हस्पिटलका अध्यक्ष किशोर महर्जनले अस्पतालको पुँजी ७३ करोड पुर्‍याउने लक्ष्य रहेकोसुनाए । त्यस्तै अध्याधुनिक सेवालाई बिस्तार गर्ने लक्ष्यसहित आफूहरु अघि बढिरहेको पनि बताए । उनले भने,यो अफर त्यती महंगो छैन् । थोरै पैसाले पनी धेरै लाभ लिन सकिन्छ। हामी यसलाई प्रभावकारी रुपमा कार्यान्वयन गर्छौ ।

उनकाअनुसार अस्पतालमा अहिले फुलटाईम डाक्टर २० जना छन् । आगामी दिनमा पूर्णकालिन चिकित्सकको संख्या अझै धेरै बढ्नेपनि उनले जनाए । अध्यक्ष महर्जनले अस्पतालले चाँडै नै काठ्माडौबाहिर नुवाकोटमा सेवा विस्तार गरेर स्टार नुवाकोट हस्पिटल सुरु गर्न लागेको पनि जानकारी दिए । हस्पिटलमा पैसा तिर्न नसक्नेलाई पनि १०% बेडको विशेष व्यवस्था गरेको उनले जनाए ।

त्यस्तै, ६ वटा बेड डा. मिलन महर्जन नेतृत्वको इअर केअर नेपाल फाउण्डेसनलाई छुट्याईएको उनले स्पष्ट पारे । उनले भने, केही स्थानिय क्लवहरुलाई पनी विशेष प्याकेज दिएका छौ। हस्पिटलले विभिन्न स्थानमा निःशुल्क स्वास्थ्य शिविर पनि गर्दै आएको छ ।
उनले आफूहरुले स्टार असुरेन्समा हेल्थ ईन्स्योरेन्स, लाइफ ईन्स्योरेन्स र हेल्थ वेलनेस कार्यक्रमलाई एक साथ समावेस गरेको पनि बताए ।

अस्पतालको उक्त अफरको पहिलो सेवाग्राही ललितपुर महानगरपालिकाका मेयर चिरीबाबु महर्जन बनेका छन् । मेयर महर्जनले कार्यक्रमस्थलमै साइन गरेर उक्त अफर लिएका हुन । त्यसपछि, कार्यक्रममा उपस्थित् सबैले उक्त अफरको फर्म लिएका थिए ।

 

तस्विर : ईश्वर कार्की, रिपोर्टर्स नेपाल डटकम 



प्रतिक्रिया दिनुहोस्