काठमाडौं, ६ पुष । सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का स्थायी कमिटी सदस्य मणि थापाले अमेरिकाको एमसीसी संघीय संसदबाट पारित नहुने स्पष्ट पारेका छन् । शनिबार राति प्राईम टाईम्स टेलिभिजनबाट प्रशारण भएको चर्चित कार्यक्रम ‘जनता जान्न चाहन्छन्’ मा पत्रकार ऋषि धमलासँग कुरा गर्दै उनले आफूहरुले कुनैपनि हालतमा एमसीसी संसदबाट पारित गर्न नदिने जियकिर गरेका हुन् ।
थापाले नेपाललाई कुनैपनि सन्य गठबन्धनमा जान नदिने घोषणा गरे । नेकपाको स्थायी कमिटी बैठकमा सदस्यहरुले उठाएका प्रश्नको जवाफ अध्यक्ष पुष्पकमल दाहालले दिएको र केही सदस्यहरुले जवाफमा चित्त नबुझाएकोले पूनः जवाफ दिने कार्यृक्रम रहेको सुनाए ।