Logo

सुनको मूल्यमा वृद्धि



काठमाडौँ, ७ पुस  : पाँचदिनदेखि स्थिर रहेको सुनको मूल्य सोमबार वृद्धि भएको छ ।  पाँच दिनदेखि प्रतितोला ७१ हजार छ सय रुपैयाँमा कारोबार भएको सुन सोमबार प्रतितोला ३ सय रुपैयाँ वृद्धि भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।

बजारमा छापावाला सुन प्रतितोला ७१ हजार ९ सय र तेजावी सुन प्रतितोला ७१ हजार ६ सय रुपैयाँ निर्धारण गरिएको जनाईएको छ ।आइतबार प्रतितोला ८ सइ ५५ रुपैयाँमा कारोबार भएको चाँदी सोमाबार प्रतितोला पाँच रुपैयाँ वृद्धि भएर तोलाको ८ सय ६० रुपैयाँमा कारोबार भइरहेको महासंघले जानकारी दिएको छ ।



प्रतिक्रिया दिनुहोस्