Logo

पत्रकार खसोगीको हत्यामा संलग्न पाँच साउदी अधिकारीलाई मृत्युदण्ड



साउदी अरेबियाका पत्रकार जमल खगोगीको हत्यामा संलग्न पाँचजना साउदी अधिकारीलाई फाँसीको सजाय सुनाइएको छ । साउदी अदालतले घटनामा संलग्न ११ जनालाई दोषी ठहर गर्दै फाँसीको सजाय सुनाइएको हो ।

गल्फ न्युजका अनुसार खसोगी हत्यामा संलग्न पाँचजनालाई झुण्ड्याएर मृत्युदण्ड दिने र तीनजनालाई २४ वर्ष काराबासको सजाय सुनाइको छ ।

साउदी पत्रकार खसोगी गत वर्ष टर्कीको राजधानी इस्तानबुलस्थित साउदी राजदूतावासभित्र मारिएका थिए । खसोगीको हत्यापछि साउदी सत्ताको सर्वत्र आलोचना भएको थियो । साउदी राजकुमार मोहम्मद विन सलमान नै घटनामा संलग्न भएको आरोप लागेको थियो ।- एजेन्सी



प्रतिक्रिया दिनुहोस्