‘यो परियोजनामा हामीले लाभहानी हेरेका छैनौं, पूर्ण परोपकारी हो’ : साह
काठमाडौं, ७ पुष । नेपाली मूलका अमेरिकी नागरिक जय साहको नेतृत्वमा रहेको रिसर्च टिमले नेपाललाई विश्मै पहिलो एन्टिबायोटिक रेसिस्टेन्ट समस्याको स्थायी रुपमा समाधान गर्ने राष्ट्र बनाउने घोषणा गरेको छ ।
सोमबार रिपोर्टर्स क्लब नेपालमा पत्रकार सम्मेलन गर्दै यस्तो घोषणा गरेको हो । हाल अमेरिकाको पेन्सिलभेनियामा बस्दै आएको युवा वैज्ञानिक जय साहले एन्टिबायोटिक रेसिस्ट्यान्ट समस्याको मुख्य कारण नै औषधीको अपरिपक्व वितरण नै भएको औंल्याए । त्यही भएर उनले उक्त समस्याबाट मुक्त हुनको लागि औषधी वितरण प्रणालीलाई नै वैज्ञानिक एवम् व्यवस्थित् बनाउनेगरि विश्वस्तरीय प्रविधियुक्त प्रणालीको आविषकार गरिएको स्पष्ट पारे ।
उनले चिकित्सकले सिफारिश गरेका औषधीलाई ‘अनलाईन–पोर्टल’ मा राखेर पासवर्डले लक गर्ने व्यवस्था र औषधी व्यवसायीहरुले व्यक्तिगत पासवर्ड नराखीकन बेच्न नसक्ने ईलेक्ट्रोनिक प्लाटफर्मको आफूहरुले विकास गर्न लागेको अवधारणा सुनाए । उनले उक्त प्लाटफर्म सुरु भएपछि चिकित्सकको सिफारिसबाहेक औषधी बेच्न नपाउने व्यवस्था पूर्ण रुपमा लागु हुने सुनिश्चितता पनि दिलाए ।
साहले नेपाली मूलका अमेरिकी र चिनियाँ अनुशन्धानकर्ता तथा चिकित्सक सम्मिलित टीमले अत्यन्तै साधारण र अन्तरक्रियात्मक प्लाटफर्मको विकास गरेको छ । जुन प्लाटफर्मले नेपालको स्वास्थ्य क्षेत्रलाई पनि विश्वस्तरीय आधुनिकीकरण गर्न सहयोग पुग्ने पनि टिमको विश्वास छ ।
टिमको नेतृत्वकर्ता जय साहको नाममा जारी गरिएको प्रेस नोटमा भनिएको छ,‘यो अवधारणा विश्वमै पहिलो र सुबैभन्दा राम्रो अवधारणा हो, जसले एन्टिबायोटिकको दुरुपयोगलाई स्थायी रुपमा विकासिल र कम विकसित देशहरुमा समाधान गर्नेछ । विश्वका कुनैपनि कम विकसित र विकाससील देशले अहिलेसम्म यस्तो व्यवस्थाको अवधारणा ल्याउन सकेका छैनन्, जसले औषधीको प्रयोगलाई शतप्रतिशत वैज्ञानिककरण गरेका छन् ।’
साहका अनुसार उक्त अवधारणाको नाम ‘वन हेल्थ एप’ राखिएको छ । जसको पूर्ण नियन्त्रणको अधिकार सरकारसँग निहीत हुनेछ । उनले भने,‘यो एपको प्रयोग चाहीँ चिकित्किस, केमिष्ट, सर्टिफाईड हेल्थ प्राक्टिसनरहरुले गर्नेछन् । चिकित्सकहरुले आफ्ना सबै प्रेस्क्रिप्सन यो एपमा राख्नुहुनेछ । र, केमिष्टहरुले आफ्नो पासवर्डलाई अनलक नगरीकन डाक्टरहरुको औषधी बेच्न सक्नेछैनन् ।’ उनले चिकित्सकबाहेक अरु कसैलेपनि उक्त एपमा औषधीको प्रेस्क्रिप्सन राख्न नपाउने व्यवस्था गरिएको स्पष्ट पारे ।
दुर्गम स्थानमा रहेका स्वास्थयकर्मीहरुले पनि टेलि–मेडिसिन प्रविधिको मार्फतले विरामीलाई टाढा रहेका चिकित्सकहरुको परामर्शमा उक्त चिकित्सकहरुबाट नै प्रेसक्रिप्सन लेखाउन सकिने प्रणालीको पनि एपले व्यवस्था गरेको साहको भनाई छ ।
साहले उक्त एप कार्यान्वयनमा आउँदा पनि उक्त व्यवसायमा सुरुदेखि नै लागिपरेका कसैको पनि जागिर नजाने ग्यारेन्टी गरे । उनले भने,‘हामीले एप कार्यान्वयनमा ल्याउँदा यो व्यवसायमा लागेका कसैको पनि जागिर जाँदैन्, बरु धेरै भन्दा धेरैले जागिर पाउनुहुने म विश्वास दिलाउन चाहन्छु ।’
साहले आफूहरुले उक्त परियोजना नेपालमा परोपकारी भावनाका साथ ल्याएको सुनाए । उनले भने,‘यसमा हाम्रो कुनै व्यवसायिक वा लाभ–हानीको उद्देश्य छैन् । बरु, नेपालमा यो परियोजनालाई हामी पूर्णतय परोपकारी भावनाले अघि बढाउँछौं । सरकारसँगको हाम्रो सहकार्यपनि यही उद्देश्यमा निहित हुनेछ । सरकारसँग हामीले यो परियोजना लागु गरेबापत कुनैपनि आर्थिक सहयोग वा लाभको अपेक्षा गरेका छैनौं ।’
त्यतिमात्रै नभएर उनले उक्त परियोजना लागु गर्दा यसमा सम्बद्ध कुनैपनि पक्ष वा सदस्यले पैसाको लागि उक्त रिसर्चमा नलागेको पनि स्पष्ट पारे । आफ्नो नेतृत्वमा रहेको टिमले नेपालमा स्वास्थ्य क्षेत्रमा मात्रै नभई अन्य आर्थिक–वित्तिय, कानूनी, सांस्कृतिक, शिक्षा र सामाजिक संरचनालाई २२ औं शताब्दीको स्तरमा उकास्नको लागि राष्ट्रव्यापी गरिने केही रिसर्चहरुलाई नेपाल सरकारले पूर्ण सहयोग गरिदिनेबारे पनि साहले अपेक्षा राखेका छन् ।
डा. विनय पंजियारले नेपालमा पर्याप्त चिकित्सकहरु रहेको सुनाउँदै सल्लाहले बेच्ने प्रावधान मिलाएपनि केही फरक नपर्ने बताए । उनले एलेक्जेण्डर फ्लेमिन्गोले एन्टीबायोटिकको विकास गरेको सुनाउँदै भने,‘उनकै नामको संस्था गठन भएको छ । चिकित्सकको सल्लाहानुसार औषधी बेच्दा एन्टीबायोटिक प्रतिरोधमा नियन्त्रण पाउन सकिन्छ । एउटा चिकित्सकको नाताले हामीले नेपालको स्वास्थ्य सेवा सुधार्ने अहिलेसम्मकै ठूलो अभियानलाई पूर्ण समर्थन दिएका छौं ।’ उनले उक्त परियोजनाले सम्पूर्ण मानिसहरुलाई फाइदा हुने बताए ।
मुटुरोग विशेषज्ञ डा.अजय मिश्राले एन्टीबायोटिक प्रतिरोध बढेको बताए । ‘यसको नियन्त्रण गर्न जरुरी छ । औषधी दुरुपयोग भएर एन्टीबायोटिक नियन्त्रण गर्न गाह्रो भएको छ ।’–उनले भने ।
रोगप्रति एन्टीबायोटिकको मूख्य भूमिका रहेको उनको भनाई छ । तर, औषधी दुरुपयोग भएको कारण यसले विकराल अवस्था सिर्जना भएको पनि उनले सुनाए ।
चिकित्सकको सल्लाहमा मात्र औषधी बेच्न पाउने व्यवस्था गर्नुपर्ने उनको भनाई छ । ‘मेडिसिन पेशामा लागेका कुनैपनि व्यक्तिले चिकित्सकको सल्लाहबाहेक औषधी बेच्न पाउनुहुँदैन् । एन्टीबायोटिक प्रतिरोधको विश्वभरि नै समस्या छ ।’–डा मिश्राले भने ।
नेपाल मेडिकल काउन्सिलका सदस्य डा. कालुसिंह खत्रीले विश्वभरि एन्टीबायोटिक दुरुपयोग समाधानको कुनै व्यवस्था नभएको सुनाए । एनटीबायोटिकलाई समय र मात्रा मिलाएर खाँदा यसले सकारात्मक असर पार्न सक्नेपनि उनले सुनाए ।
तर, यसको दुरुपयोग गरेमा मानिसलाई लत लाग्ने सम्भावना हुने पनि उनले खतरा औंल्याए । उनले अघि भने,‘दास्रो विश्व युद्धपछि एन्टीबायोटिक मूख्य औषधीको रुपमा प्रयोग भइरहेको छ । यसको उचित प्रयोग गर्दा फाईदा हुने गर्दछ । चिकित्सकको प्रेसक्रिप्सनबिना कसैलेपनि एन्टीबायोटिक बेच्न पाउनुहुँदैन् । एन्टीबायोटिकलाई डाक्टरको सल्लाहमा मात्रै बेच्नसक्ने नियम बनाउन आवश्यक छ ।’
How to modernize health sector of Nepal by making Nepal world’s first country to solve AMR issue permanently
- A team of researchers and doctors of Nepal origin from China and USA together, has developed a concept of prescription tracing system which will modernize and revolutionize how patients in Nepal and world approach to medical practitioners for medical treatment and how a national protocol for use of any kind of medicine including antibiotics gets actively accepted by all parties involved in this profession. We have developed concept of a simple and interactive platform which can not only track use of every single medicine in a country but will also help government to distribute, connect, train and extract all kinds of data required in medical field for modernization of health industry in Nepal and world.
- This concept is best and only concept ever developed in world to permanently stop pharmaceutical abuse of antibiotics from developing and underdeveloped countries. No government in developing world is able to stop antibiotic abuse because they don’t have any effective system to track and control sales of medicine by retailers. They have system to track and control medicine distribution by dealers/wholesalers but not by retailer. This entire concept works on the requirement to track every single medicine sold by a pharmacist and few complementary ideas added to make this tracking system effective and worth an investment by any government around the world.
- “One health App” is the name of app which will be controlled by government and used by all doctors, health care workers and chemists. Doctors will put all their prescription on this app which will be locked, and chemist will be able to sell prescription only after unlocking the lock with special designated password to each chemist. With the help of stock system available from stock point to retailer and number of units unlocked by the password, the software can automatically detect how many units the retailer has purchased and how many they have sold. Any missing unit of medicine can be tracked within a minute during inspection or before purchase of next stock. This strong mechanism will put any chemist under fear of misuse of antibiotics or any medicine. Nobody other than physicians will have access to upload a prescription on the website so that all other less qualified healthcare’s won’t be able to prescribe any medicine. Those healthcare workers in rural areas will be put into a network of doctors where they can use technology of telemedicine to connect patient with the qualified physicians so that prescription can be written for the rural patient even if the doctors are not available in the rural area.
- This concept is designed user friendly in such way that nobody will lose any job because of this change. Not only nobody will lose job, but more people will get job. This will decrease the consumption and import of medicine in Nepal.
- The researchers and team have brought this project for Nepal as a complete philanthropic project where they don’t want to expect any money in return of collaboration with government of Nepal to lead this project up to success. None of the parties seek any monetary advantage from this project other than helping the motherland to establish a medical practice sector like 22nd century developed world. The developer of this concept only wants government of Nepal to fund few more future nationwide researches to modernize other sectors like financial, legal, cultural, educational and social structure up to expectation of 22nd century developed world.