Logo

आपराधिक गतिविधिमा संलग्न १२२ चिनियाँलाई देश निकाला गरिदै



काठमाडौं, ८ पौष । सरकारले साइबर अपराधलगायत संगठित आपराधिक क्रियाकलापमा संलग्न भएको अभियोगमा पक्राउ परेका एक सय २२ चिनियाँ नागरिकलाई देश निकाला गर्ने भएको छ । गृहमन्त्रालय अन्र्तगतको अध्यागमन विभागले उनीहरुलाई देश निकाला गर्ने प्रक्रिया बढाइसकेको छ ।

चिनियाँ नागरिकलाई देश निकाला गर्नुको कारण उनीहरुलाई चीन फर्काउने योजना नै हो । चीनसँग सुपुर्दुगी सन्धी नभएकाले घुमाउरो तरिकाले चीनलाई हस्तान्तरण गर्न लागिएको हो । पक्राउ परेका चिनियाँ नागरिकलाई चाटर्ड विमानबाट चीन लगिने तयारी भइसकेको छ । त्यसका लागि चीन सरकारले नै पहल गरिसकेको छ ।

चीनको विदेश मन्त्रालयले पत्रकार सम्मेलनमार्फत् नेपालमा पक्राउ परेका चिनियाँहरुबारे धारणा बाहिर ल्याएको छ । मन्त्रालयका प्रवक्ता गे सुवाङले दुई देशबीचको संयुक्त अपरेशनबाट पक्राउ गरिएको उल्लेख छ । चीनले ६ सयभन्दा बढी चिनियाँको सूची तयार गरी पक्राउको आग्रह गरेको थियो । त्यसपछि तीन महिनाको गृहकार्यपछि राजधानीको दर्जन जति स्थानमा सोमबार छापा मारेर पक्राउ गरिएको छ ।

चीनसँग सुर्पुदुगी सन्धी नभएकाले दुवै देशका अधिकारीहरुबीचको सहमतिमा देश निकालाको प्रक्रियामा जान लागेको बुझिएको छ । यसअघि चिनियाँ राष्ट्रपति सी जिनपिङको नेपाल भ्रमणका बखत सुर्पुदुगी सन्धीको विषय उठेको थियो ।



प्रतिक्रिया दिनुहोस्