काठमाडौँ, ९ पुस । रुपन्देही जिल्ला अस्पताल भीम अस्पतालमा दरबन्दी भए पनि महिनौंदेखि डाक्टर उपस्थित नहुँदा स्वास्थ्य सेवा प्रभावित बनेको छ। जिल्लाको सरकारी अस्पतालको रूपमा रहेको सो अस्पतालकी स्त्रीरोग विशेषज्ञ डा. ज्वाला थापा महिनौंदेखि कार्यालयमा जानकारी नै नदिई अनुपस्थित रहेकाले स्वास्थ्य सेवा प्रभावित बनेको हो।
डा। ज्वाला स्त्रीरोग विशेषज्ञको रूपमा दरबन्दीमा भए पनि अस्पताल नआएकाले उपचार सेवा अवरुद्ध भएको अस्पताल प्रशासनले जनाएको छ। दरबन्दी कायम रहेकाले सो पदमा करारमा पनि चिकित्सक राख्न नमिल्ने हुँदा अस्पतालले सेवा सञ्चालन गर्न सकेको छैन। चिकित्सक भर्ना गर्न कठिनाइ आइरहेकाले अस्पतालको सेवामा असर देखिएको छ।
केही महिनादेखि अस्पतालका मेडिकल सुपरिटेन्डेन्टको रूपमा नवीन दर्नाल आएपछि अस्पतालमा सुधारात्मक अवस्था देखिए पनि धेरैजसो बिरामी स्त्रीरोगसम्बन्धी आउने र दरबन्दी भए पनि स्त्रीरोग विशेषज्ञको सेवा नभएकाले अस्पताल ओझेलमा परेको छ।
नागरिक दैनिकबाट