Logo

पुनर्निर्माण प्राधिकरण स्थापनाको चार वर्ष पूरा



पुनर्निर्माणमा ८३ प्रतिशत प्रगति

काठमाडौं, पुस १० : राष्ट्रिय पुनर्निर्माण प्राधिकरणले चार वर्षमा २०७२ सालको भूकम्पबाट सबैभन्दा बढी क्षति भएका निजी आवास, विद्यालय, स्वास्थ्य स‌ंस्था, सम्पदा, सरकारी भवनहरु र सुरक्षा निकायका भवनहरुको नर्निर्माणमा औषतमा ८३ प्रतिशत प्रगति भएको बताएको छ ।

स्थापनाको चौथो वर्ष पूरा भएको अवसरमा आयोजित पत्रकार सम्मेलनमा प्राधिकरणले ६ वटा क्षेत्रमा ६९ प्रतिशत पुनर्निर्माण सम्पन्न भइसकेको र १४ प्रतिशत पुनर्निर्माणको क्रममा रहेको जानकारी दिएको हो ।

भूकम्पबाट तहसनहस भएका संरचनालाई अहिले सुरक्षित र आकर्षक रुपमा पुनर्निर्माण सम्पन्न भएका र हुँदै गरेका संरचनाले प्रतिस्थापन गर्दै गरेको प्राधिकरणको भनाइ छ ।



प्रतिक्रिया दिनुहोस्