काठमाडौं, ११ पुष । आज दिउँसो १ बजे बस्ने भनिएको प्रतिनिधिसभाको बैठक सूचना टाँस गरेर स्थगित गरिएको छ । संसद् सचिवालयले विशेष कारणवस सूचना टाँस गरेर बैठक स्थगित गरिएको जनाएको छ । आजबाट प्रतिनिधिसभाको सभामुखको निर्वाचन प्रक्रिया सुरु गर्ने भनिएको थियो । तर, बैठक नै स्थगित् भएपछि सभामुख चयन प्रक्रियापनि पाँच दिनलाई सरेको छ ।
जारी सूचनामा भनिएको छ–”आज मिति २०७६ साल पुस ११ गते शुक्रबार दिनको १ बजे बस्ने गरी निर्धारण गरिएको प्रतिनिधि सभाको बैठक विशेष कारणवस बस्न नसक्ने भएकाले नेपालको संविधानको धारा ९१ को उपधारा (४) बमोजिम प्रतिनिधि सभाको अध्यक्षता गर्नुहुने माननीय उपसभामुखज्यूले प्रतिनिधि सभा नियमावली, २०७५ को नियम ६ को उपनियम (३) बमोजिम अर्को बैठक मिति २०७६ साल पुस १६ गते बुधबार दिनको १ बजे बस्नेगरी निर्धारण गर्नुभएको व्यहोरा मा. सदस्यहरुको जानकारी लागि यो सूचना प्रकाशित गरिएको छ ।” File photo/Mukunda Kalikote-ReportersNepal