Logo

बूढीगण्डकीको शिलान्यास कहिले?



काठमाडौं, पुस १२ । बूढीगण्डकी आयोजनाबारे यही समितिमा छलफल धेरै पटक गरियो । राष्ट्रिय गौरवको आयोजना भनेर चर्चा पनि धेरै भयो ।

शिलान्यासचाहिँ कहिले हुन्छ, मन्त्रीज्यू ? पर्यटनमन्त्री योगेश भट्टराईले मंसिरमा निजगढ विमानस्थल शिलान्यास गर्ने घोषणा गरे जस्तो नहोस्,’ राष्ट्रियसभाको राष्ट्रिय सरोकार तथा समन्वय समितिमा शुक्रबार भएको छलफलमा सांसदहरूले ऊर्जामन्त्री वर्षमान पुनलाई सोधे, ‘आयोजनाको मोडालिटी र लगानीको स्रोत के हो ?’

बूढीगण्डकी जलविद्युत् आयोजनाको मुआब्जा वितरण र निर्माणको पछिल्लो अवस्थामाथि सांसदहरूले प्रश्नैप्रश्न गरे । समितिले आयोजनाका सन्दर्भमा तेस्रो पटक गरेको छलफलमा सांसदहरूले जुन उपाय निकालेर भए पनि आयोजना बन्नुपर्नेमा जोड दिए ।

सांसदको जिज्ञासामा ऊर्जामन्त्री पुनले आयोजना शिलान्यासको समय तोक्न नसकिने प्रतिक्रिया दिए । ‘नयाँ मन्त्री भएको भए मैले पनि शिलान्यासको मिति भन्थें होला,’ पुनले भने, ‘आयोजानको सबै जानकारी भएकाले अहिल्यै बोलिहाल्ने अवस्था छैन ।’ चालु आवमा मुआब्जा वितरण सक्ने उनको दाबी छ । मुआब्जासँगै आयोजानको मोडालिटी र स्रोतको खोजिने उनले जानकारी दिए ।कान्तिपुर दैनिकबाट



प्रतिक्रिया दिनुहोस्