Logo

नेकपा सचिवालय बैंठक : प्रदेश ३ को नाम बाग्मती र राजधानी हेर्टौंडा राख्ने सहमति



काठमाडौं, १३ पुष । सत्तारुढ दल नेपाल कम्युनिस्ट पार्टी (नेकपा) को सचिवालय बैठक भर्खरै सम्पन्न भएको छ । आइतबार विहान प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा बसेको सचिवालय बैठकमा प्रधानमन्त्री एवम् अध्यक्ष केपी शर्मा ओली पनि उपस्थित् थिए । आजको बैठकले प्रदेश नम्बर ३ को नाम बाग्मती राख्ने निर्णय गरेको छ ।

आज विहान प्रधानमन्त्री निवास बालुवाटारमा बसेको नेकपाको सचिवालय बैठकले प्रदेश तीनको नाम बाग्मती र राजधानी हेटौडा राख्ने सहमति गरेको छ । बैठकले प्रदेशको नाम बाग्मती र राजधानी हेटौंडा कायम गर्नेगरी प्रदेश कमिटी तथा प्रदेशसभा दललाई निर्देशन दिने निर्णय गरेको छ ।



प्रतिक्रिया दिनुहोस्