काठमाडौं, १४ पुष । नेकपा मालेका महासचिव सिपी मैनालीले एमसीसी संसदबाट पारित भए नेकपा फुट्ने भविष्यवाणी गरेका छन् । आइतबार प्राईम टाईम्स टेलिभिजनबाट प्रशारण भएको चर्चित कार्यक्रम ‘जनता जान्न चाहन्छन्’ मा पत्रकार ऋषि धमलासँग कुरा गर्दै महासचिव मैनालीले यस्तो टिप्पणी गरेका हुन् । उनले अमेरिकी सहयोग र अनुदान नेपालको लागि चाहिनेपनि स्पष्ट पारे । तर, एमसीसी भने संसदबाट पारित गर्न नहुने उनको तर्क छ ।