Logo

राष्ट्रपतिद्वारा तमु ल्होसारको शुभकामना



काठमाडौंँ, १५ पुस । राष्ट्रपति विद्यादेवी भण्डारीले तमु ल्होसारका अवसरमा सम्पूर्ण नेपाली गुरुङ समुदायलाई शुभकामना दिएको छ । उनले दिएको शुभकामना सन्देशमा नेपालमा मनाइने विभिन्न चाडपर्वले स्वदेश तथा विदेशमा समेत विशिष्ट सांस्कृतिक पहिचान स्थापित गरेको उल्लेख गरेको छ ।

उनले मुलुकको सांस्कृतिक सम्पदा संरक्षण तथा सम्बद्र्धन गरी सांस्कृतिक पर्यटन प्रवद्र्धन गर्न गुरुङ समुदायले निर्वाह गरेको भूमिकाको प्रशंसा गरेको छ । राष्ट्रपति भण्डारीले गुरुङ संस्कृति बहुभाषिक, बहुधार्मिक र बहुसांस्कृतिक राष्ट्रका रूपमा रहेको हाम्रो मुलुकको राष्ट्रिय संस्कृतिको एक महत्वपूर्ण अङगका रूपमा रहेको बताएको छ । उनले तमु ल्होसारजस्ता राष्ट्रिय पर्वले सबै नेपालीबीच बन्धुत्व, आपसी प्रेम र एकताको भावना बढाउन मद्दत गर्ने विश्वास पनि व्यक्त गरेको छ ।
गोरखापत्र दैनिकबाट



प्रतिक्रिया दिनुहोस्