काठमाडौं, १५ पौष । शान्ता चौधरी, नेकपा संसदीय दलकी सचेतक हुन् । पूर्व कमैया उनी राजनीतिमा प्रवेश गरी सभासद हुँदा धेरैका लागि आश्चर्यको विषय बन्यो ।
सामान्य लेखपढ मात्र भएकी शान्ता औपचारिक अध्ययनका लागि विद्यालय गइन् । एसईई उत्तीर्ण गरी कलेज भर्ना भएकी छिन् ।
कलेजमा साथीभाईसँग बसेको तस्बिर पोष्ट गरिरहन्छिन् । उनले कलेज प्रीय लाग्न थालेको लेखेकी छिन् । अधुरा सपनालाई विपनामा परिणत गर्ने अठोट गरेकी छिन् ।
शान्ताको फेसबुक पोष्टः प्रिय लाग्न थाल्यो कलेज , झनै प्रिय लाग्न थाले यी साथी । जुन सपनाहरु अधुरा थिए तिनै सपनाहरु आज बिपनामा परिणत गर्ने जमर्को गर्दैछु । त्यसैले धेरै खुशी छु म । यही खुशीको क्षणमा म प्रति सद्भाव राख्ने र दु:खमा साथ दिनुहुने सम्पुर्ण प्रति सम्मान व्यक्त गर्दछु ।