Logo

नागरिकता कीर्ते गरेको आरोपमा बौद्धका डिएसपी सिंहमाथि छानविन



काठमाडौं, १५ पौष । नागरिकतामा कीर्ते गरेको आरोपमा महानगरीय प्रहरी वृत बौद्धका डीएसपी रमेशबहादुर सिंहमाथि छानबिन शुरु भएको छ । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले उनीमाथि विस्तृत छानबिन थालेको हो ।

उनलाई बयानका लागि उपस्थित गराउन महानगरीय प्रहरी कार्यलय रानीपोखरीमा पत्राचार भएको छ । रानीपोखरीले उनलाई उपस्थित गराउने तयारी गरेको छ ।

सिंह इन्सपेक्टर हुँदा घुससहित ललितपुबाट पक्राउ परेका थिए । उनले विशेष अदालतबाट सफाइ पाएपछि डिएसपीमा बढुवा भई महत्वपूर्ण जिम्मेवारी पाउँदै आएका छन् । विगतमा विवादमा आएका सिंहले बौद्ध वृत्तमा जिम्मेवारी पाएपछि चासो बढेको छ ।



प्रतिक्रिया दिनुहोस्