काठमाडौं, १५ पुष । कामना सेवा विकास बैंक लिमिटेडले ललितपुरको महालक्ष्मी नगरपालिका वडा नं ५ स्थित सानागाउँमा यही मंसिर १६ गते आफ्नो १०४औ शाखा कार्यालय स्थापना गरी कारोबार सुरु गरेको छ ।
महालक्ष्मी नगरपालिका वडा नं ५ का अध्यक्ष राजकुमार सिलवाल तथा बैंकका संचालक विश्वेश्वर सुवेदीले संयुतm रुपमा शाखाको उद्घाटन गरेको बैंकले जारी गरेको विज्ञप्तीमा उल्लेख गरिएको छ ।
अध्यक्ष सिलवालले आफ्नो वडामा पहिलोपटक बैंकको शाखा आएकोमा खुशाी व्यक्त गर्दै वडावासीहरुको तर्फवाट धन्यवाद दिएका थिए । उनले आफूले सक्दो सहयोग गर्ने पनि प्रतिबद्धता जनाएका थिए ।
उक्त कार्यक्रममा बैंकका प्रमुख कार्यकारी अधिकृत प्रविण बस्नेतले बैंकका वर्तमान अवस्था र भावी कार्ययोजना तथा रणनीतिका बारेमा प्रकाश पारेका थिए । बैंकले व्यवसाय विस्तारको क्रममा नविनतम प्रोडक्टहरु तथा वृहत शाखा सञ्जालमार्फत आफ्ना ग्राहकहरुलाई उच्चस्तरको बैंकिङ्ग सेवा सुविधाहरु उपलब्ध गराउँदै जाने समेत जानकारी दिएको छ ।
काठमाडौं –३०, ज्ञानेश्वरमा केन्द्रीय कार्यालय रहेको बैंकले देशका विभिन्न भागहरुमा १०४ वटा शाखा तथा ५३ वटा एटिएममार्फत ग्राहकहरुलाई आफनो सेवाहरु प्रदान गर्दै आएको छ ।
साथै, बैंकले एबिबिएस, एसएमएस बैंकिङ, मोवाईल बैंकिङलगायतका माध्यमबाट समेत सम्पूर्ण बैंकिङ्ग सेवाहरु उपलब्ध गराउँदै आएको तथा समय सापेक्ष आफ्ना सेवाहरु थप गर्दै जाने बैंकको योजना रहेको छ ।