Logo

भ्रमण वर्षको भव्य तयारी, राजधानीसहित सबैै प्रदेश पर्यटन स्वागत गर्न आतुर



काठमाडौं, १६ पुस । २० लाख विदेशी पर्यटक भित्र्याउने लक्ष्यसहित राजधानी काठमाडौं र सातवटै प्रदेशमा एकैसाथ नेपाल भ्रमण वर्ष–२०२० सुरु हुँदै छ। भ्रमण वर्षलाई ध्यानमा राख्दै प्राकृतिक, धार्मिक तथा सांस्कृतिक सम्पदाले भरिएका पर्यटकीय गन्तव्यलाई सिँगार्ने कार्य भएको छ।

पर्यटकीय क्षेत्रमा नेपाली कला–संस्कृतिको प्रदर्शनीसमेत हुने नेपाल भ्रमण वर्ष–२०२० को सचिवालयले जनाएको छ। पर्यटनका माध्यमबाट गरिबी निवारण गर्ने लक्ष्यसहित राष्ट्रिय अर्थतन्त्रमा १० प्रतिशतको योगदान पु¥याउने दसवर्षे लक्ष्य सरकारले लिएको छ। हाल राष्ट्रिय अर्थतन्त्रमा पर्यटन क्षेत्रको योगदान ३ प्रतिशत मात्र रहेको छ। सन् २०२० भित्र २० लाख पर्यटक भित्र्याएर पर्यटकको बसाइ लम्ब्याउने, पर्यटकले गर्ने खर्चका क्षेत्रलाई फराकिलो बनाई देशभित्रै रोजगारी सिर्जना गर्ने सरकारको योजना छ। भ्रमण वर्षको पहिलो दिन बुधबार काठमाडौंको दशरथ रंगशालामा राष्ट्रपति विद्यादेवी भण्डारीले उद्घाटन गर्ने र प्रधानमन्त्री केपी शर्मा ओलीले विशेष सम्बोधन गर्ने कार्यक्रम छ। कार्यक्रममा सहभागी हुन भारत, चीन, जमैका र म्यानमारका पर्यटनमन्त्रीहरू मंगलबार नै काठमाडौं आइसकेका छन्। उद्घाटन कार्यक्रमलाई विशेष बनाउन ४० देशलाई निमन्त्रणा पठाए पनि उद्घाटन विशेषमा चार देशका पर्यटनमन्त्रीसहित सात देशको प्रतिनिधित्व रहनेछ। बौद्धनाथ क्षेत्र विकास समितिले बुधबार सयजना विदेशी पर्यटकलाई बौद्ध स्तूपमा निःशुल्क प्रवेश गराउने भएको छ। बौद्धनाथ क्षेत्र विकास समितिका अध्यक्ष चन्द्रमान लामाले पर्यटन वर्षको स्वागत गर्ने दिनमा सय विदेशी पर्यटकलाई बौद्धमा निःशुल्क प्रवेश दिने बताए।

पर्यटनमा प्रदेश १ लाई अगाडि बनाउने योजना
नेपाल भ्रमण वर्ष–२०२० को कार्यक्रम सहिद मैदान विराटनगरमा विभिन्न सांस्कृतिक झाँकीसहित उद्घाटन गर्ने कार्यक्रम छ। प्रदेश १ लाई आगामी १० वर्षमा विश्वकै आकर्षक पर्यटकीय गन्तव्यका रूपमा चिनाउने लक्ष्य लिएर पर्यटकीय गुरुयोजना बनाएर प्रदेश सरकार अघि बढेको उद्योग, पर्यटन, वन तथा वातावरणमन्त्री जगदीश कुसियतले बताए। सरकारद्वारा घोषित सय गन्तव्यमध्ये १६ वटा यही प्रदेशमा पर्छन्।

यो प्रदेशमा प्राकृतिक, धार्मिक, सांस्कृतिक, जैविक विविधता, कृषि, ग्रामीण जनजीवन र साहसिक पर्यटनको हिसाबमा प्रदेश १ लाई महत्वपूर्ण मानिन्छ। विश्वकै अग्लो सगरमाथादेखि नेपालकै होचो स्थान केचनासम्मको क्षेत्र भएकाले पर्यटन विकासका लागि यो प्रदेश महत्वपूर्ण मानिन्छ। नेपाल भ्रमण वर्ष–२०२० सफल बनाउन तथा अंग्रेजी नयाँ वर्ष मनाउन आउने पर्यटकलाई लक्षित गरेर पूर्वको प्रमुख पर्यटकीय गन्तव्य भेडेटारमा तीन दिने फुड फेस्टिभल सुरु भएको छ।

प्रदेश २ मा उत्साहजनक सुरुवात
प्रदेश २ का आठवटै जिल्लामा बुधबार विभिन्न कार्यक्रम गरी पर्यटकलाई स्वागत गरिँदै छ। जनकपुरधामको जानकी मन्दिरमा २०२० वटा दियो बालेर भ्रमण वर्षको स्वागत गर्ने कार्यक्रम छ। मन्दिर परिसरमा दुई हजार बीसवटा बेलुन उडाइँदैछ। जानकी मन्दिरमा दर्शनका लागि आउने पर्यटकमध्ये दुई हजार बीसजनालाई माला लगाएर स्वागत गरिँदैछ।

रौतहटको नुनथर पर्यटकीय स्थलमा सांस्कृतिक कार्यक्रम आयोजना गरिएको छ। विभिन्न सांस्कृतिक झाँकीले यहाँ आउने पर्यटकलाई स्वागत गर्ने कार्यक्रम छ। बाराको सिमरादेखि निजगढसम्म साइकल (याली हुँदैछ। सिमानामा फूलमालाले भारतबाट आउने पर्यटकलाई स्वागत गरिने भएको छ। यही अवसरमा सर्लाहीमा प्रभातफेरी गरिँदैछ। सोनबर्सा नाकामा भारतबाट आउने पर्यटकलाई फूलमाला लगाएर स्वागत गर्ने कार्यक्रम छ। महोत्तरीको जलेश्वर, बर्दिबासमा पनि स्वागत तथा अन्तक्र्रिया कार्यक्रम गरेर भ्रमण वर्ष मनाइँदैछ। सप्तरीको छिन्नमस्ता भगवती ९सखडा० मा विशेष पूजापाठ तथा संस्कृतिक कार्यक्रम गरी भ्रमण वर्ष मनाइँदैछ।

सिरहाको तीनवटा मुख्य नाकामा पर्यटकका स्वागतमा विशेष कार्यक्रम गरेर भ्रमण वर्ष मनाउने तयारी रहेको नेपाल भ्रमण वर्ष–२०२० का प्रदेश २ सदस्य राकेश गुप्ताले बताए। ठाढी, बरियारपट्टी र माडर नाकामा पर्यटकलाई फूलमाला लगाएर भिœयाउने कार्यक्रम रहेको गुप्ताले जानकारी दिए। भ्रमण वर्ष–२०२० का प्रदेश २ संयोजक मनीष झाका अनुसार कात्तिक १४ गते जनकपुरमा नेपाल भ्रमण वर्षको शुभारम्भ गरिएको हो।
नागरिक दैनिकबाट



प्रतिक्रिया दिनुहोस्