Logo

शेरबहादुरजी असफल भइसक्नुभयो-डा. शेखर कोइराला



काठमाडौं, १६ पौष । नेपाली काँग्रेसका प्रभावशाली नेता डा. शेखर कोइराला सभापति शेरबहादुर देउवाका कटु आलोचक हुन् । उनले देउवाको कदमहरुको कडा विरोध गर्दै आएका छन् । काँग्रेस सभापति देउवाले १४ औं महाधिवेशनको घोषणा गरेपछि उत्पन्न परिस्थितिबारे ऋषि धमलाले डा. शेखर कोइरालासँग गरेको कुराकानीः
कांग्रेसले मेलमिलापको नीति बिर्सेर वीपी कोइरालाको अपमान गर्यो हो ?
होइन, बीपी कोइरालालाई अपमान पनि गरेको छैन । राष्ट्रिय मेलमिलाप दिवस त आजै हो कसरी बिर्सेको छ र ।
कांग्रेस पार्टीले वीपीको राष्ट्रिय मेलमिलाप दिवस कहाँ मनाउँदैछ ?
कांग्रेसले मनाउँदैछ । तर राष्ट्रिय मेलमिलाप वीपीले जसरी गर्नुभएको छ, त्यो अलिकति तलमाथि भएको तर मनाउँदैछौं हामीले पनि ।
वीपीको सपना तपाईंहरुले पुरा गर्न सक्नुभएन नि ?
वीपीले सोचेको जस्तो हामीले गर्न सकेका छैनौं, त्यो सही हो । कोसिस गर्दैछौं नि त ।
तपाईंहरुको पार्टीमै एकता छैन जनताले किन राष्ट्रिय मेलमिलाप दिवास मनाउने ?
जब २०३७ साल पुस १७ गते वीपी कोइराला नेपाल फर्किनुभयो । त्यो बेलाको देशको परिस्थितिले नेपाल कांग्रेस त प्रतिवन्धित अवस्थामै थियो । नेपाल एकदमै कमजोर अवस्थामा थियो । त्यो प्रतिवन्धित अवस्थामा हुँदा पनि वीपीले ‘राष्ट्रियता, प्रजातन्त्र र समाजवाद’ हाम्रो वैचारिक धरातल हो । अहिले देश कमजोर र राष्ट्रियता अप्ठ्यारो अवस्थामा छ, त्यसकारण म प्रवासबाट नेपाल फर्किँदै छु’ भन्नुभएको हो ।
अहिले पनि राष्ट्रियता र कांग्रेस त कमजोर छ नि ?
हो, राष्ट्रियता कमजोर छ । कांग्रेस पनि सांगठनिक हिसाबले अत्यन्तै कमजोर छ ।
लथालिङ्ग छ नि कि भन्न सक्नुहुन्छ छिन्नभिन्न भएको होइन कांग्रेस त ?
आजको दिन मेलमिलापको दिन हो ।
पार्टीभित्र मेलमिलाप गर्न सक्नुहुन्छ ?
त्यो सुरुवात कसले गर्ने हो ? मैले सुरु गरेर त हुँदैन । मेलमिलाप सभापतिजीले सुरु गर्ने हो । पहिला आफ्नो पार्टीभित्र मेलमिलाप गर्नुपर्यो, त्यसपछि अन्य पार्टीहरुसँग मेलमिलाप गर्नुपर्यो राष्ट्रको निम्ति । अनि मात्रै राष्ट्रियता बलियो हुन्छ भनेर वीपीले भन्नुभएको हो नि ।
आज कांग्रेस एक भएर वीपीको राष्ट्रिय मेलमिलाप दिवस मनाउन सक्यो ?
नेपाली कांग्रेस पार्टीमा जो सभापतिको कुर्सीमा बसेको हुन्छ । उसले नै सुरु गर्नुपर्छ । उहाँ नै गुटको राजनीतिमा लाग्नुभएको छ । सभापति नै गटको नेता भएपछि उहाँले पार्टीका अन्य कार्यकर्तालाई कसरी हेर्नुहन्छ ? यसमा तपार्इं आपैm कल्पना गर्नुस् त ।
अब शेरबहादुर देउवालाई गाली गरेर समय खेर फाल्ने कि विकल्प खोज्ने त ?
ऋषिजी, त्यसरी नभन्नुस् न कहाँ गाली गरेको छ । नेपाली कांग्रेसको इतिहासमा पहिलो पटक हो, महाधिवेशन बहुमतको आधारमा घोषणा भएको । यो नै दुर्भाग्य हो नेपाली कांग्रेसको । कार्यतालिका घोषणाको निम्ति के सहमति हुन सक्दैनथ्यो ।
सहमतिको लागि त तपार्इंहरुले हात अगाडि बढाउनुप¥यो नि ?
हामीले सहमतिका हात नबढाएको हो र ? सबै कुरा उहाँलाई नै चाहिने ? अरुको चाहीं पार्टीमा योगदान छैन ? उहाँले मात्रै थेग्नुभएको छ र ।
तपाईंहरु बैठकमै जानुहुन्न, बहिष्कार गर्नुहुन्छ अनि के गर्ने त सभापतिले ?
बैठकमा नभएको होइन । जब सभापतिले नै गुटको राजनीति गरेपछि हुन्छ । सबै कार्यकर्ता मेरो हुन्, सबै केन्द्रीय सदस्य मेरो हुन् मैले उनीहरुलाई हेर्नुपर्छ भनेर हिंडेको भए हुन्थ्यो नि । त्यो गर्न नसकेर आफ्ना मानिसलाई पोस्न थालेपछि यो समस्या आएको हो ।
काम गर्ने क्षमता त तपाईंहरुको पनि छैन नि ?
काम गर्ने क्षमता त अधिकार र जिम्मेवारी दिएर हेर्नुपर्यो नि । जिम्मेवारी पाएपछि कसरी संगठन चल्छ, कसरी सबैलाई मिलाएर हिड्नुपर्छ भन्ने कुरा त चौधौं महाधिवेशनपछि सभापति जो उसले गर्छ । तर, अहिलेको नेतृत्वबाट त्यो काम हुन सकेन भन्ने कुरा स्पष्ट छ ।
कांग्रेसको इतिहासमा शेरबहादुर देउवा सफल सभापति हो ?
म सफल र असफलको कुरा गर्दिनँ । तर यदि भन्नु, जुन व्यक्ति कांग्रेसको सभापति भएर कुर्सीमा बस्छ उसलाई मेरो कार्यअवधि चार वर्षको हो भन्ने चाहीं थाहा हुनुपर्छ । आउँदा दिन त्यति ज्ञान भएको मान्छे सभापति होस् । आफ्नो कार्यकाल सकिएपछि विभाग गठन गरेर के गर्नु । हामीले स्थानीय, प्रदेश र केन्द्रको निर्वाचन हारेका छांै । अहिलेको सरकार काण्डैकाण्डा मुछिएको छ । जताततै अनियमितता, भ्रष्टाचार छ । संगठन गर्नलाई यो सुनौलो मौका हामी कहाँ भेट्छौं । त्यसमा उहाँ चुक्नुभयो । दोस्रो कुरा आफ्नो कुर्सी बँचाउनको निम्ति कार्यकाल सकिन थालेपछि विभाग बनाउँछु त्यो ४७ वटा । यसले उहाँको सोचाइ के देखियो ।
पार्टी सभापतिले विधानले दिएको अधिकार प्रयोग गर्न नपाउने ?
त्यो सभापतिजी पाउनुहुन्छ । पहिला चाहिं उहाँलाई कसले रोकेको थियो ।
तपाईंहरुले भागबन्डा खोज्नुभयो नि ?
ए ऋषिजी, सभापति भएको दुई महिनाभित्र विभागहरु बनाइसक्ने भनेको त्यसलाई मिचिदिने ? यसले अर्को गम्भीर कुरामा नजिर बन्दै छ । पार्टीभित्र अन डेमोक्रेट काम गर्ने बहुमतको नाममा निर्णय गर्ने अनि संसद्मा बहुमतको आधारमा काम ग¥यो भनेर कसरी कराउने । त्यो मोरल ग्राउण्डमा उभिनुभएको छ उहाँ ।
नेपाली कांग्रेसको निर्णय हेर्दा बहुमतले पनि धेरै गरेको छ नि ?
बहुमतले निर्णय गरे पनि विधान मिचेर गरेको छैन, कुरा त्यो हो । वीपी कोइरालादेखि शेरबहादुरसम्म सुशील कोइरालासम्म आइपुग्दा बहुमतको आधारमा धेरै निर्णय भएको छ ।
वीपी कोइरालाको टाओरिङ पर्सनालिटीसँग अहिलेका नेताहरुलाई तुलना नगर्नुस् त्यो अधिकार छैन । अहिलेका सभापतिलाई वीपी कोइरालासँग तुलना गरेको तपाईंले ? के कुरा गर्दै हुनुहुन्छ ? उहाँ तुलना गर्ने अधिकार छैन तपाईंहरुलाई । ऋषिजी उहाँ अहिले सभापति हुनुहुन्छ छुट्टै कुरा हो । तर, वीपी, गणेशमान, किसुनजी, गिरिजाबाबु, सुशील कोइरालाहरुसँग उहाँलाई तुलना गर्न मिल्दैन । उहाँ धेरै तल हुनुहुन्छ । पार्टी हार्दा जिम्मा नलिने सभापति भएर ?
उहाँले कसैले गर्न नसकेको चुनाव गराएँ भन्नभएको छ नि ?
ए, चुनाव गराउनुभयो, त्यो त मैंले मानेँ । त्यो चुनावले के भयो अनि हारेँ चाहीं किन भन्न सक्नुभएन ? संगठन नभएकाले हामीले चुनाव हारेको हो किन नभन्ने ? त्यसैले कम्पेयर नगर्नुस् । वीपी कोइरालाको कसैसँग तुलना हुँदैन । अरुसँग पनि उहाँ धेरै तल हुनुहुन्छ ।
कांग्रेसले वीपीका कुरालाई छोडिसक्नु भयो नि ?
नेपाली कांग्रेसले वीपीको कुरालाई छोडेको होइन । हाम्रो अहिलेको लडाइ भनेको छिटोभन्दा छिटो अधिवेशन गरेर अगाडि जाऔं भन्ने हो । त्यो लडाइँमा कार्यतालिका जस्तो विषयमा सहमति गरेर जान सक्नुभएन । विभाग, नेविसंघ, तरुण दल कसरी गर्नुहोला । मंसिर ९ गते बाट पुस १५ सम्ममा वडादेखि जिल्ला तहको सबै अधिवेशन सम्पन्न गर्ने यो हास्यास्पद कुरा हो । अनि अधिवेशन हुँदैन त्यसको कारण ६ महिना लम्बिन्छ ।
निर्धारित मितिमा ६ महिना थप्न सकिने नेपालको संविधानमा लेख्नुभएको छ नि ?
नेपाली कांग्रेसको अधिवेशन लम्बिन्छ । यो एउटा डेमोक्रेटिक पार्टी हो त्यो पनि क्लियर छ । तर, कुनै राजनीतिक पार्टीमा नेतृत्वको प्रगति विवरण हेरिन्छ, तपाईंले कतिवटा स्थानीय तह, कति प्रदेश र कतिवटा संघीय चुनाव जिताउनुभयो । ६ महिना थप्नुप¥यो भने त्यसको लगत्तै स्थानीय निर्वाचन आउँछ । त्यतिबेला पार्टीको अवस्था के हुन्छ सोचिएको छ ? यस्तो अस्था गर्दै जाँदा अहिलेकै नेतृत्वले स्थानीय निर्वाचन गराउनु हुने हो कि मेरो चिन्ता छ ।
कांग्रेसमा शेरबहादुर देउवाले जे चाह्यो त्यही हुन्छ, तपाईंहरुको अस्तित्व छैन नि ?
असफल भइसकेका सभापतिले के के गर्नुहुन्छ त्यो म भन्दिँन । त्यस्तो भयो भने पार्टी झन् कमजोर हुन्छ । उहाँ सबैको नेता र सभापति हुन सक्नुपर्छ । सबैको सहयोग हुन्छ ।
सभापतिको गुनासो छ, ‘शेखर कोइरालाले सधैं मेरो विरोध गर्नुहुन्छ’ भन्ने ?
मैंले के विरोध गरेको छु । उहाँले मलाई पैसा दिएको छैन, मैले उहाँलाई खान दिएको छैन । पार्टीमा उहाँ र मेरो उत्तिकै योगदान छ । म केन्द्रीय सदस्य हो, उहाँले गरेका गलत कामलाई गलत भन्छु, सहीलाई सही भन्छु ।
चार वर्षसम्म कोइराला परिवारले खाली विरोध मात्रै गरे भन्ने छ नि ?
उहाँ सभापति भएपछि पार्टीलाई कहाँ पु¥याउनुभयो ? आज संसदमा बोल्ने इस्यु हुँदाहुँदै पनि बोल्न सकिएको छैन । किन भने जता बोल्दा पनि उहाँको नाम जोडिएर आउँछ ।
आर्थिक लेनदेनमा पनि कांग्रेसका नेताहरु फसेका छन् नि ?
फस्नेलाई भन्नुस्, म त फसेको छैन । मलाई किन भन्नु हुन्छ ?
शीर्ष नेताहरु मिलेर भ्रष्टाचार गर्छन् नि ?
कहाँ मिलेर भ्रष्टाचार गरेको छ ? मलाई किन भन्नुहु्रन्छ यो कुरा जसले गरेको उसलाई भन्नुस् न ।
केपी शर्मा ओली, प्रचण्ड र शेरबहादुर नाम त जोडिएर आएको छ नि ?
त्यो हो भने उहाँलाई भन्नुस् । तपाईंले भनेको जस्तै कुरा गर्ने हो सबै राजनीतिक दलहरु कमजोर भइसके । यसमा नेपाली कांग्रेस मात्रै होइन । अहिले सरकार र व्यापारीहरुको यति मिलेमतो छ कि छुट्ट्याउनै गाह्रो भइसक्यो ।
यति समूहले कानुनसम्मत संझौता गरेको भनेको छ नि ?
यस्तो काममा प्रधानमन्त्रीले बोल्ने हो । यो दूधको साच्छि बिरालो जस्तो भएन । रक्षामन्त्रीले भन्ने गौचरण बनाइने भनेर । अनि कौडीको भाउमा दिने ? सम्झौता गरेपनि कौडिको भाउमा त दिनुभएन नि ।
कानुनसम्मत छ भनिएको छ नि ?
ए बाबा अब त न्यायपालिका पनि मिलिसक्यो । ६ वर्ष पहिल्यै कहीं टेन्डर हालिन्छ । त्योभन्दा गलत काम अरु केही हुन्छ । अनि दरबारमार्ग अगाडि नेपाल ट्रष्टको जग्गा दिने अभैm कति आउँदैछ ।
सरकारले सुशासन त दिन सकेन नि ?
हो, जब सरकार पारदर्शी हुँदैन । अनि कसरी सशासन हुन्छ । यो मात्रै होइन पहिलाका सरकार पनि पारदर्शी भएनन् । त्यस कारण राजनीतिक गर्ने व्यक्तिहरुमा नैतिकता र संस्कार हुन जरुरी छ ।
विपक्षी दलको गतिविधि देखेर जनता लज्जित भएका छन् नि ?
हो, तपाईंले ठीक प्रश्न गर्नुभयो । अहिले यति धेरै मुद्दाहरु छन्, हामी बोल्न सकिराखेका छैनौं । भ्रष्टाचारका विषयमा बोल्न सकेका छैनौं ।
सभापतिले भोलि पनि केन्द्रीय समिति बोलाउनुभएको तपाईं जाने कि नजाने ?
भोलि केन्द्रीय कमिटिमा उहाँले बोलाउनुभएको को जान्छ, को जाँदैन आप्नो ठाउँमा छ । तपाईंले मलाई सोधेको हो भने म भोलि जान्न ।
किन नजाने तपार्इं ?
मेरो विराटनगरमा कार्यक्रम छ ।
केन्द्रीय समितिको बैठक बोलाको तपाईंलाई थाहा छैन ?
आज केन्द्रीय समितिको बैठक छ भनेर कसरी आउँछ मान्छे । उहाँ बोलाउँदा अर्को ठाउँमा कार्यक्रम राखिसकेको हुन्छ । उहाँलाई मन लागेको दिन केन्द्रीय समिति बोलाएर हुन्छ ।
प्राथमिकता त केन्द्रीय समितिलाई दिनुपर्यो नि ?
म नगए पनि अरुले के के ल्याउनु हुन्छ । तर, केको लागि हो केन्द्रीय समिति एजेन्डा त ठ्याक्कै ल्याउनुप¥यो नि । १७ गते केन्द्रीय समिति छ भनेर म्यासेज गरिएको छ ।
शेरबहादुरले पेलेर गएभने घाटा त तपार्इंहरुलाई हो नि ?
उहाँको त्यस्तो व्यवहारले शेखर कोइरालालाई घाटा, नाफा हुने होइन । नेपाली कांग्रेसलाई हुन्छ ।
देशभरि उहाँसँग कार्यकर्ता छ ?
पहिला अधिवेशन समयमा गरेर देखाउनुस् अनि कोसँग रहेछन् कार्यकर्ता थाहा हुन्छ । पुस महिनामा शेरबहादुरजीकै कर्णाली क्षेत्रका पहाडी जिल्लामा अधिवेशन हुन सक्छ ?
तपाईंहरुको मिटिङ मात्रै एक ठाउँमा हुन्छ काम चाहीं गुट–गुटमा हुन्छ अनि कसरी एक हुनुहुन्छ ?
हामी कोही पनि विभाजित छैनौं । शेरबहादुरजी पनि हामीसँगै हुनुहुन्छ । तर, उहाँ आफ्ै गुटको राजनीति गर्न खोज्दैहुनुहुन्छ । हामी त्यसलाई रोकिरहेका छौं ।
तपाईंहरुले चाहीं गुटको राजनीतिक गर्नुहुन्छ ?
गुट कसले जन्मायो पहिला । त्यतिकै नबोल्दिनुस् न । नेपाली कांग्रेसको सभापति भएर गुटको राजनीति गर्ने ?
सूचना प्रविधि विधेयक सच्याउनुपर्छ भन्ने पत्रकारहरुको माग छ, के भन्नुहुन्छ ?
त्यो विधेयकले पत्रकारलाई मात्र होइन । सामाजिक सञ्जालमा खेल्ने आम नेपालीलाई समस्या पार्छ । हाम्रो डेमोक्रेसी कन्ट्रोल डेमोक्रेसीमा गइसक्यो । पहिलो कुरा त अहिलेको सरकार वनपार्टी सिस्टमको रिजिममा चल्न थालिसकेको छ । कर्मचारीहरुलाई धम्क्याउने, तर्साउने र लोभ्याउने काम गरेको छ । आफ्नो मातहतका मिडियालाई कब्जामा राख्ने, भनेको नमान्ने मिडियालाई तर्साउने, लोभ्याउने र तर्साउने गर्न थालेको छ । देशका ठूला–ठूला व्यवसायीहरुलाई आफ्नो कब्जामा लियो । न्यायपालिकाहरुलाई आफ्नो पक्षमा निर्णय गर्न लगाउने । प्रहरी प्रशासन सबै दलका कार्यकर्ता जस्ता भइसकेका छन् । नेपाली सेना मात्रै अहिले सरकारबाट बाँचेको छ । यी सबै कुरालाई नियाल्दा यो सरकार अधिनायकवादतिर गइसकेको छ ।-File Photo



प्रतिक्रिया दिनुहोस्