काठमाडौँ, १७ पुस । नेपाल आयल निगमले पेट्रोलरडिजेल र मट्टितेलको खुद्रा मूल्यमा प्रतिलिटर २ रुपैयाँ बढाएको छ । भारतीय आयल निगमले पठाएको नयाँ मूल्य सूची अनुसार इन्धनको मूल्य बढेको जनाउँदै निगमले बुधबार राति १२ बजेदेखि लागू हुनेगरी मूल्य बढाएको हो ।
‘जनवरी १ मा प्राप्त नयाँ मूल्य अनुसार अन्तर्राष्ट्रिय बजारमा मूल्य बढेको छ,’ निगमका प्रवक्ता वीरेन्द्र गोइतले भने, स्वाचालित मूल्य सूची अनुसार इन्धनको मूल्य समायोजन गर्दा पेट्रोलरडिजेल र मट्टितेलमा प्रतिलिटर २ रुपैयाँ बढेको छ। नयाँ मूल्य सूची अनुसार काठमाडौं, सुर्खेत र दिपायलको लागि प्रतिलिटर पेट्रोल १ सय ११ रुपैयाँ निर्धारण गरिएको छ। पोखरा र दाङमा प्रतिलिटर पेट्रोल १ सय १० रुपैयाँ ५० पैसा र अन्य तराई क्षेत्रमा १ सय ९ रुपैयाँ ५० पैसा निर्धारण गरेको निगमले जनाएको छ। डिजेलरमट्टितेलको खुद्राबिक्री मूल्य १ सय रुपैयाँ निर्धारण गरिएको छ।
त्यस्तै, डिजेलरमट्टितेलको मूल्य पोखरा, दाङको लागि ९९ रुपैयाँ ५० पैसा र अन्य तराई क्षेत्रका लागि ९८ रुपैयाँ ५० पैसा तोकेको निगमले जनाएको छ। निगमले हवाई इन्धन र खाना पकाउने ग्यासको मूल्य भने यथावत राखेको छ।
कान्तिपुर दैनिकबाट