काठमाडौं,पुस १७ । २५ पुससम्म न्यूनतम ८० प्रतिशत र माघ पहिलो साताभित्र बाँकी २० प्रतिशत बक्यौता नतिरे सम्पत्ति जफत गरेर मूल्य उठाइने भएको छ ।
उखु किसानको रकम भुक्तानी गर्न सरकारले उद्योगीलाई दश दिनको अल्टिमेटम दिएको छ । २५ पुससम्म न्यूनतम ८० प्रतिशत र माघ पहिलो साताभित्र बाँकी २० प्रतिशत बक्यौता नतिरे उद्योगको सम्पत्ति जफत गरेर किसानको उखुको मूल्य उठाइने चेतावनी उद्योग मन्त्रालयले दिएको छ ।
‘उपप्रधानमन्त्री तथा रक्षामन्त्री ईश्वर पोखरेलको अध्यक्षतामा गृहमन्त्री, कृषिमन्त्री र मसहितको बैठकले उद्योगीलाई समयसीमा तोकेर किसानको बक्यौता भुक्तानी गराउने निर्णय लिएका छौँ,’ उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री लेखराज भट्टले भने, ‘हामीले उद्योगीलाई मौखिक निर्देशन दिइसकेका छौँ, बिहीबार पत्र पनि उठाउँछौँ ।