काठमाडौं,पुस १८ । नेपाल प्रहरीका निलम्बित डीएसपी कुमुद ढुंगेल, गुन्डा नाइके राजु गोर्खाली भनिने राजेन्द्रबहादुर गोर्खालीसहित १२ जनाविरुद्ध मुद्दा दर्ता भएको छ। मिलेमतोमा डाँका, शरीर बन्धक र संगठित अपराधमा संलग्नता गरी तीन÷तीन अभियोग उनीहरूविरुद्ध लागेको छ।
जिल्ला सरकारी वकिलको कार्यालय काठमाडौंले बुधबार अभियोगपत्र दर्ता गरेको काठमाडौं जिल्ला अदालतले जनाएको छ। ‘तीनवटा कसुरमा मुलुकी फौजदारी संहिताको दफा ४३ लगायतका दफाअनुरूप १४ वर्षसम्म जेल सजाय माग गर्दै बुधबार मुद्दा दर्ता हुन आएको अन्नपूर्ण दैनिकमा खवर छ ।