Logo

चिसोले जनजीवन कष्टकर



सुर्खेत, पुस १८ । चिसोले कर्णालीको जनजीवन कष्टकर बनेको छ । मंगलबारदेखि ह्वात्तै बढेको चिसोका कारण कर्णाली प्रदेशका सबै जिल्लाको जनजीवन प्रभावित भएको हो । चिसोले यहाँका स्थानीयलाई घरबाहिरको काम गर्न समेत सकस भएको छ ।

कालिकोट, दैलेख, जाजरकोट, सल्यान र सुर्खेतमा सामान्य वर्षासंगै अत्याधिक चिसो बढेको छ ।हुम्लामा बिहानदेखि सुरु भएको हिमपातसँगै चिसो बढेपछि त्यहाँका स्थानीयलाई घर बाहिर निस्कन कठिन भएको हो ।

ठन्डीले कर्णालीका बालबालिका, वृद्धवृद्धा र घरबाहिर काममा निस्कने बढी प्रभावित भएका छन् । जुम्लामा भेडाबाख्रासहित अन्य पशुवस्तुलाई समेत चिसोको संक्रमणले सताएको तातोपानी गाउँपालिका मुनबहादुर कामीले बताए । हुम्लामा चिसोका कारण रुघाखोकीको संक्रमण बढ्दै गएको हुम्लाका प्रमुख जिल्ला अधिकारी विनिता भट्टराईले बताएकोे आजको अन्नपूर्ण पोस्ट्मा खवर छ ।



प्रतिक्रिया दिनुहोस्