काठमाडौं, पुस १८ । कूटनीतिक तथा नापीसम्बन्धी प्राविधिक टोली नेपाल–भारत सीमा निरीक्षणमा निस्किएको छ। भारतीय नक्सामा नेपाली भूमि लिम्पियाधुरा, लिपुलेक र कालापानी राखेपछि नेपाल सरकारले स्थलगत अध्ययनका लागि सीमा निरीक्षण समिति गठन गरेको थियो।
निरीक्षण समितिको नेतृत्व परराष्ट्रका दक्षिण एसिया महाशाखाका प्रमुख यज्ञबहादुर हमालले गरेका छन्। टोलीमा नापी विभागका महानिरीक्षक प्रकाश जोशी पनि रहेको अन्नपूर्ण दैनिकमा खवर छ ।