Logo

डडेल्धुरामा भारी हिमपात



डडेल्धुरा, पुस १८ । डडेल्धुरासहित सुदूरपश्चिम प्रदेशका पहाडी तथा हिमाली जिल्लामा भारी हिमपात भईरहेको छ।बिहीबार रातीबाट सुरु भएको हिमपातका कारण डडेल्धुरा जिल्लासहित पहाडी जिल्लाको जनजिवन कठिन भएको छ ।भीमदत्त राजमार्ग जमेको चार फिट बाक्लो हिमपातका कारण सवारी आवागमनमा समेत बाधा भएको छ ।

एक्कासि बढेको चिसोका कारण विशेषगरी वृद्धवृद्धा, बालबालिका तथा गरिखाने वर्ग बढी प्रभावित भएका छन्। हिउँदे यामको यो पहिलो वर्षा हुँदा हिउँदे बाली बिग्रने चिन्तामा परेका पहाडी भेगका किसानलाई भने झरीसँगैको हिमपातले धेरै राहत र्पुयाएको छ। हिउँ जम्न थालेका कारण दैनिक जनजीवन कष्टकर बन्दै गएको छ। झरीसँगै हिमपात भएकोले किसान भने खुसी भएका छन्।



प्रतिक्रिया दिनुहोस्