Logo

साँढे चार करोड गैरकानुनी सम्पत्ति आर्जन गरेको अभियोगमा अर्थका उपसचिव ढुंगानाविरुद्ध आरोपपत्र



काठमाडौं, १८ पौष । साँढे चार करोड बिगो कायम गरी अर्थ मन्त्रालयका उपसचिव राजेन्द्र ढुंगाना र उनकी पत्नी मधु कोइराला ढुंगानाविरुद्ध अख्तियार दुरुपयोग अनुसन्धान आयोगले मुद्दा दायर गरेको छ । अख्तियारका अनुसार ढुंगाना दम्पत्तिविरुद्ध शुक्रबार विशेष अदालतमा मुद्दा दायर गरिएको हो ।

ढुंगानाले पदमा बहाल रहँदा गैरकानुनी सम्पत्ति आर्जन गरेको अनुसन्धानबाट देखिएको अख्तियारले जनाएको छ । उनको सम्पत्ति छानविन हुँदा बिगो चार करोड ६८ लाख ४८ हजार पाँच सय ५६ रुपैयाँ पैतालिस पैसा बिगो कायम गरी गैरकानुनी सम्पत्ति आर्जन गरेको उल्लेख गर्दै जफत गर्न मागदाबी लिइएको छ ।

अख्तियारका अनुसार ढुंगानाले आफूलगायत श्रीमती मधु कोइराला ढुंगानाको नाममा समेत खरिद गरी राखेको देखिएकाले सम्पत्ति जफतका लागि मधुलाई समेत प्रतिवादी बनाई विशेष अदालतमा आरोपपत्र दायर गरिएको अख्तियार प्रवक्ता प्रदीप कोइरालाले जानकारी दिएका छन् ।



प्रतिक्रिया दिनुहोस्