Logo

नेकपा-राजपालाई काउन्टर, कांग्रेस र समाजवादीबीच दुई बुँदे सहमति



काठमाडौं, १८ पुष । राष्ट्रियसभा निर्वाचनमा प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेस र समाजवादी पार्टीले तालमेल गर्ने भएका छन् । दुई पार्टीबीच प्रदेश २ का चार सिट बाँडफाँटमा सहमति समेत गरेका छन् ।

उनीहरुबीच भएको सहमतिअनुसार कांग्रेसको तर्फबाट महिला र अल्पसंख्यक तथा समाजवादीको तर्फबाट दलित र अन्य पदमा उम्मेदवार दिइनेछ ।त्यस्तै, कांग्रेस सभापति तथा पूर्वप्रधानमन्त्री शेरबहादुर देउवा र समाजवादीका अध्यक्ष उपेन्द्र यादवले हस्ताक्षर गरेका छन् ।

नेपालको संविधानअनुसार राष्ट्रियसभाका सदस्यहरूको पदावधि छ वर्षको हुन्छ । संविधानको धारा, ८६ ९३० बमोजिम प्रत्येक दुई वर्षमा पदावधि समाप्त भई रिक्त हुने राष्ट्रियसभाका एक तिहाइ सदस्यका लागि माघ ९ गते निर्वाचन हँुदैछ । स्थायी सदनका रुपमा रहेको राष्ट्रियसभामा ५९ सदस्य हुन्छन् ।



प्रतिक्रिया दिनुहोस्