Logo

उपसचिवको आम्दानी ४ बर्षमा ६८ करोड



काठमाडौं, पुस १८ । अर्थ मन्त्रालयका उपसचिव राजेन्द्र ढुंगानाविरुद्ध अख्तियार दुरुपयोग अनुसन्धान आयोगले भ्रष्टाचार मुद्दा दायर गरेको छ। विशेष अदालत काठमाडौंमा दायर गरिएको मुद्दामा अख्तियारले ढुंगानाविरुद्ध ४ करोड ६८ लाख रुपैयाँ बिगो कायम गरेको छ।

उनी २०४९ सालमा सेवा प्रवेश गरेका थिए। त्यो समयदेखि २०७५ असारसम्म ढुंगानाले गरेको वैध आम्दानी ७९ लाख ५४ हजार रुपैयाँ देखिएको छ। यो अवधिमा उनले गरेको खर्च ५ करोड ४८ लाख देखिएपछि मुद्दा दायर गरेको अख्तियारले जनाएको छ।



प्रतिक्रिया दिनुहोस्