Logo

फूलचोकी घुम्न १२ बजेपछि पैदलयात्रुलाई निषेध



काठमाडौं, पुस १९ । फूलचोकीमा हिउँ खेल्न जाने, हाइकिङ जाने र पिकनिक जाने युवायुवती हराउने गरेको भन्दै प्रहरीले समयसिमाको नियम लागू गरेको छ । पदयात्रामा जाने कतिपयको मृत्युसमेत भएको घटनालाई मध्यनजर गरी महानगरीय प्रहरी परिसरले गोदावरीले बसपार्क क्षेत्रमा छुट्टै प्रहरीचौकी पनि स्थापना गरेको छ । प्रहरी प्रभाग बाडेगाउँले ‘डेन्जर जोन’ भनी ठाउँठाउँमा होडिङ बोर्ड रोखेको छ । तैपनि फूलचोकी जाने कोही न कोही संकटमा परेकै छन् ।

कसैले पनि अकालमा ज्यान गुमाउन नपरोस् भनेर १२ बजेपछि पैदलयात्रुलाई प्रवेश निषेध गरिएको प्रहरीले जनाएको छ। शनिबारदेखि बसपार्कभन्दा माथि उकालो चढ्ने ठाउँमा चेक प्वान्इट राखेर दैनिक जाँच थाल्ने योजना बनाइएको छ । प्रहरीले फूलचोकी घुम्न जाने व्यक्तिको नाम, फोन नम्बरसहित विवरण दर्ता गर्ने व्यवस्था मिलाउँदै छ ।

टुप्पामा राजदल गणको युनिट भएकाले त्यहाँका सेनासँग सहकार्य गरेर ३ बजेपछि तल पठाउने गरी व्यवस्था मिलाएको छ फूलचोकीमा हिउँ भेटाउन करिब १० किमि डाँडामा चढ्नुपर्छ । हिउँ खेलर २ किमि तल झरेपछि ‘डेन्जर जोन’मा आइपुगिन्छ । प्रहरीले यहाँ खतराको संकेत दिने सूचनाको फ्लेक्स पनि राखेको छ ।

‘डेन्जर जोन’बाट काभ्रेको खानीगाउँ, चापाखर्क, फलामखानी र झरना खोला क्षेत्र जाने छुट्टाछुट्टै बाटो भेटिन्छ । यो बाटो भएर गन्तव्यमा पुग्न घना जंगल पार गर्नुपर्छ । प्रायः मानिस यहीँबाट हराउने गरेको प्रहरीको भनाइ छ । कान्तिपुर दैनिकबाट



प्रतिक्रिया दिनुहोस्