Logo

होशियार ! चप्पल लगाएर सवारी चलाउँदा कारबाहीमा परिएला



काठमाडौं, १९ पौष । चप्पल लगाएर सवारी चलाउँदै हुनुहुन्छ भने होशियार कारबाहीमा पर्नुहोला । यातायात व्यवस्था विभागले सवारी चलाउँदा चप्पल लगाउन नपाइने नियम बनाएको छ ।

दुर्घटना न्यूनिकरण गर्न भन्दै विभागले अनिवार्य रुपमा जुत्ता लगाउनुपर्ने नियम बनाएको हो । कतिपय सवारी दुर्घटनामा चालकले चप्पल लगाएको भेटिएपछि विभागले यस्तो व्यवस्था गरेको हो ।

विभागले चार पाङ्ग्रे सवारीको अगाडिको सिसामा स्टिकरलगायतका सामाग्री टाँस्न समेत प्रतिबन्ध लगाएको छ । सडकको अगाडि नदेख्दा र्दुघटना भएको देखिएकाले यस्तो नियम राखेको हो ।

सवारीको क्याबिनमा सजावटको सामान र म्युजिक सिस्टम नराख्न समेत आग्रह गरेको छ । लामो दूरीको यात्रुबाहक सवारीमा ढोकामा यात्रु क्षमता अनिवार्य टाँस्नुपर्ने विभागले जनाएको छ । सवारी चालकको फोटो र अनुमतिपत्रको विवरण समेत सबैले देख्ने ठाउँमा टाँस्नुपर्ने नियम राखिएको छ । विना सवारी अनुमति सवारी चलाउँदा दुर्घटना भएको पाइएपछि यस्तो व्यवस्था गरेको हो ।



प्रतिक्रिया दिनुहोस्