काठमाडौं, २० पुष । सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का वरिष्ठ नेता तथा पूर्व प्रधानमन्त्री माधवकुमार नेपालले अनावश्यक सर्त र सम्झौतामा बाँधिएर कुनै पनि विदेशी सहयोग स्वीकार नगर्ने बताएका छन् ।
आइतबार नेपाल प्रेस संगठन कञ्चनपुरले आयोजना गरेको पत्रकार सम्मेलनमा बोल्दै नेता नेपालले यस्तो बताएका हुन् । उनले उनले एमसीसी आर्थिक विकाससँग मात्रै जोडिएको भए त्यसलाई स्वीकार्ने बताउँदै सहयोगका नाममा अनावश्यक सर्त र सम्झौतामा नबाधिने स्पष्ट पारे ।
उनले एमसीसीको उद्देश्य स्पष्ट नभएकाले आफूहरुले स्थायी समितिको बैठकमा त्यसबारे थप छलफल गर्न आग्रह गरेको सुनाए । उनले दाताले गठबन्धन अनुचित काममा सहभागी नगराउने गरी सहयोग गरे आफूहरुले ग्रहण गर्ने बताए ।
नेता नेपालले कालापानी र लिपेुलेकलाई भारतले आफ्नो नक्सामा राखेर सार्वजनिक गरेको कुरा स्वीकार्य नहुने भन्दै यस विषयमा सरकारले चाँडै टुङो लगाउनुपर्ने बताए । उनले भारतीय कदमको विरोध गरेका छन् । file photo