काठमाडौं, पुस २१ । नेपालमा बसेर चीनविरुद्ध अपराधमा संलग्न एक सय २२ जना चिनियाँ नागरिकलाई अध्यागमन कानुन उल्लंघन गरेको आरोपमा देश निकाला डिपोर्ट गर्ने तयारी गरेको छ।
जिल्ला प्रशासन कार्यालय काठमाडौंका प्रमुख जिल्ला अधिकारी जनकराज दाहालले अभद्र व्यवहारअन्र्तगत उनीहरूलाई जनही हजार रुपैयाँ जरिवानाको निर्णय गरेलगत्तै प्रहरीले अध्यागमन कानुन उल्लंघनको आरोपमा अध्यागगलाई बुझाएपछि डिपोर्टको तयारी भएको हो।
जिल्ला प्रशासन कार्यालय काठमाडौका प्रमुख जिल्ला अधिकारी जनकराज दाहालले आइतबार अभद्र व्यवहार मुद्दामा उनीहरूलाई जरिवाना भराउने फैसला गरेपछि प्रहरीले उनीहरूलाई अध्यागमन विभागलाई बुझाएको हो।
‘प्रहरी अनुसन्धान र सरकारी वकिलको अभियोजनपछि अभद्र व्यवहार गरेको आरोप पुष्टि भएकाले उनीहरूलाई जरिवाना भराउने आदेश गरेको हँु,’ प्रमुख जिल्ला अधिकारी दाहालले भने। विभागले उनीहरूलाई पर्यटक भिसामा आएर काम गरेको र भिसाकै दुरूपयोग गरेको आरोपमा देश निकाला गर्ने तयारी गरेको नागरिक दैनिकमा खवर छ ।