कसिम सोलेमानी, इरानका दोस्रो शक्तिशाली नेता । शुक्रबार अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको ठाडो निर्देशमा ड्रोन हमलाबाट मारिएका उनको अन्त्येष्टिमा लाखौं सहभागी थिए । तर, अन्त्येष्टिमा मच्चिएको भागदौडमा समेत ३५ जना मारिएका छन् ।
इरानी राष्ट्रिय टेलिभिजनका अनुसार मंगलबारको घटनामा ३५ जनाको ज्यान गएको छ भने ४८ घाइते भएका छन् । सोलेमानीको अन्त्येष्टि करमान भन्ने स्थानमा हुँदै थियो । इरानको एलिट कुड फोर्सका कमाण्डर सोलेमानीप्रति इरानभित्र मात्र नभई मुसलमान विश्वमा समेत ठूलो श्रद्धा देखिएको छ । उनको अन्त्येष्टिलाई विश्वभरको मिडियाले प्राथमिकताका साथ प्रसारण गरिरहेका थिए । तर, टेलिभिजन प्रत्यक्ष प्रसारणमा भागदौड र मानिसहरुको चिच्याहट देखाइएको थियो । कतिपय मानिसहरु सडकमै सुतेको र सहयोगका लागि गुहारिरहेको सुनिएको थियो ।-एजेन्सी