Logo

राजपाले प्रदेश नम्बर २ मा आलोपालो नेतृत्वको कुरा उठायो



काठमाडौं, २३ पुष । राष्ट्रिय जनता पार्टी नेपालले प्रदेश नम्बर २ को सरकारको नेतृत्व आलोपालो हुनुपर्ने कुरा उठाएको छ । अहिले प्रदेश नम्बर २ मा राजपा र समाजवादी पार्टीको गठबन्धनको सरकार छ । अहिले मुख्यमन्त्री समाजवादी पार्टीबाट लालबाबु राउत छन् ।

पछिल्लो समय यी दुई पार्टीबीच गठबन्धनमा खटपट छ । राजपाले प्रदेश नम्बर २ को राष्ट्रियसभाको निर्वाचनको लागि दुई सिटमा सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टी (नेकपा) सँग तालमेल गरेको छ । त्यतिमात्रै होईन, राजपा र नेकपाबीच आगामी दिनमा पनि सहकार्य गर्दै अघि बढ्ने सहमति भएको छ ।

राजपाका शीर्ष नेता तथा संसदीय सुनुवाई समितिका सभापति लक्ष्मणलाल कर्णले पनि प्रदेश नम्बर २ को सरकारको नेतृत्वमा अब राजपाले दाबी गर्ने बताए । मंगलबार राति प्राईम टाईम्स टेलिभिजनबाट प्रशारण भएको चर्चित कार्यक्रम ‘जनता जान्न चाहन्छन्’ मा पत्रकार ऋषि धमलासँग कुरा गर्दै कर्णले यस्तो बताएका हुन् ।



प्रतिक्रिया दिनुहोस्