Logo

विद्युत प्राधिकरणको केन्द्रीय कार्यालयमै विद्युत छैन



काठमाडौं, २३ पौष । देशका अधिकांश भागमा विद्युत अवरुद्ध छ । विद्युत आउने जाने हुँदा सर्वसाधारण समस्या भोगिरहेका छन् । नेपाल विद्युत प्राधिकरणले लोडसेडिङ्ग घोषणा नगरेपनि सर्वसाधारण अघोषित लोडसेडिंगको मारमा छन् ।

रिपोर्टर्स नेपालले यसबारे नेपाल विद्युत प्राधिकरणको रत्नपार्कस्थित केन्द्रीय कार्यालयमा बुझ्दा उक्त कार्यालयमै विद्युत नभएको जवाफ आयो । प्राधिकरणका एक कर्मचारीले भने, ‘हाम्रोमा विद्युत छैन ।’ ती कर्मचारीले विजुली आउने जाने भइरहेको बताए ।

नेपाल विद्युत प्राधिकरणका महाप्रबन्धक कुलमान घिसिङ लोडसेडिङ्ग मुक्त देश बनाएको जस लिएर पुरस्कार र सम्मान थापिइरहँदा देश अघोषित लोडसेडिङ्गको चपेटामा परेको छ । देशभर दिउँसोको समयमा विद्युत आउने जाने भइरहेको छ । साँझको समयमा पनि विगत दुई महिनायता विद्युत लामो समयसम्म नआउने अवस्था बन्दै आएको छ ।



प्रतिक्रिया दिनुहोस्