अष्ट्रेलियामा आगलागीपछि पानीका लागि भौतारिएका जंगली ऊँटलाई धमाधम मारिदैछ । ऊँटले सर्वसाधारणको घर र वस्तीमा पसेर आक्रमण गर्न थालेपछि मार्न गर्न थालिएको हो ।
बुधबारबाट शुरु गरिएको ऊँट मार्ने सिलसिला पाँच दिनसम्म चल्ने जनाइएको छ । जंगलमा आगो लागेपछि पानीका लागि ऊँट भौतारिंदा सडकमा देखिन थालेका छन् । सर्वसाधारण असुरक्षित भएका छन् । सुरक्षाका लागि भन्दै अष्ट्रेलिया सरकारले ऊँट मार्न शुरु गरेको हो ।
आदिवासी बसोबास गर्ने दक्षिणी अष्ट्रेलियामा ऊँट मार्ने क्रम चलाइएको थियो । त्यहाँ आदिवासीको बसोबास रहेको छ । ऊँट अष्ट्रेलियाको स्थानीय जनावर होइन । बेलायतीहरुले भारत, अफगानिस्तान र मध्यपूर्वबाट अष्ट्रेलियामा ऊँट लगेका थिए ।- एजेन्सी