Logo

पक्राउ परेका १२२ चिनियाँ चीन लगिए, चार वर्ष नेपाल प्रवेश रोक



काठमाडौं, २३ पौष । प्रहरीले पक्राउ गरेको १२२ चिनियाँ नागरिक चीन लगिएका छन् । उनीहरु दुईवटा चिनियाँ जहाजबाट लगिएका हुन् ।

चीन सरकारले उनीहरुलाई दुईवटा विमानमार्फत् लगेको थियो । त्यसका लागि सम्पूर्ण कानुनी तथा अन्य प्रक्रिया पूरा गरिएको थियो । भीसा र पासपोर्ट रद्द गरी ट्राभल डकुमेन्टमार्फत् लगिएको थियो । उनीहरुलाई अब चिनियाँ कानुन अनुसार कारबाही गरिनेछ ।

नेपालमा बसेर सीमापार संगठित अपराधमा सक्रिय रहेको अभियोगमा पक्राउ परेपनि चीन लानेगरी अभद्र व्यवहारको मुद्दा चलाइएको थियो । जिल्ला प्रशासन कार्यालयले हेर्न मिल्ने गरी म्याद थप गरिदै प्रक्रिया पूरा गरेपछि लगिएको थियो ।

सबै १२२ जना चिनियाँ नागरिकलाई आगामी चार वर्ष नेपाल प्रवेश गर्न प्रतिबन्ध लगाइएको छ । उनीहरुमध्ये कतिपयको पासपोर्ट भेटिएको थिएन ।

नेपालमा बसेर साइबर अपराधमा संलग्न भेटिएपछि उनीहरुलाई एकैसाथ दुई हप्ता अघि पक्राउ गरिएको थियो । चिनियाँ नागरिक आपराधिक क्रियाकलापमा सक्रिय रहेको सूचना पाएपछि प्रहरी महानिरीक्षक सर्वेन्द्र खनाल चिलीमा इन्टरपोलको सम्मेलनमा सहभागी हुन पुग्दा पक्राउको योजना अगाडि बढेको थियो । नेपाल प्रहरीले चीनयाँ प्रहरीबाट समेत आवश्यक सूचना आदानप्रदान गरेर उनीहरुलाई पक्राउ गरेको थियो । Photo Source: Bikash Dware/TRN



प्रतिक्रिया दिनुहोस्