१७६ यात्रु र चालकदलका सदस्य मारिएको युक्रेनको जहाज दुर्घटनाको कारणबारे विभिन्न आशंका उपब्जिएको छ । तेहरानबाट युक्रेनका लागि उडेको जहाज अमेरिका र इरानबीचको तनावका बखत मिसाइल लागेर झरेको अनुमान गरिएको छ ।
युक्रेनी अधिकारीहरुले गल्तीले मिसाइल लागेर खसेको हुनसक्नेतर्फ समेत चासो लिएका छन् । बुधबार भएको घटनामा २४ सय मिटर उचाईमा रहँदा विमान सम्पर्क विच्छेद भएको थियो ।
युक्रेनी राष्ट्रति भोलोडिमिर जेलेन्सिकीले फेसबुकमा इरानी अधिकारीको भनाई उदृत गर्दै एउटा इन्जिनमा आगो लागेपछि पाइलटको नियन्त्रणबाहिर विमान गएको लेखेका थिए । यसबारे अनुसन्धान गर्न निर्देशन दिइसकेका छन् ।
विमान दुर्घटनामा मिसाइल प्रहारबाट भएको हो भने कुन देशको मिसाइल हो भन्नेबारे पनि आशंका छ । इरानी मिसाइल विमानमा गल्तीले लागेको हुनसक्नेतर्फ अनुसन्धानकर्ताहरुको प्रारम्भिक अनुमान रहेको छ ।-एजेन्सीको सहयोगमा