काठमाडौं, २४ पुष । सरकारले नेपाल स्याटेलाइट टेलिकमको अनुमतिपत्र खारेज गर्ने नेपाल दूरसञ्चार प्राधिकरणको निर्णय बदर गरेको छ। आज मन्त्रिपरिषद बैठकका निर्णय सार्वजनिक गर्दै नेपाल सरकारका प्रवक्ता गोकुल प्रसाद बाँस्कोटाले यस्तो जानकारी दिएका हुन् ।
मन्त्री बाँस्कोटाले खारेजीको निर्णय बदर गर्दै कम्पनीहरुलाई किस्ताबन्दीमा शुल्क बुझाउनेगरी व्यवस्था मिलाउन प्राधीकरणलाई लेखी पठाउने निर्णय गरिएको जानकारी दिए ।
अजेयराज सुमार्गीको स्वामित्वमा रहेको हेलो नेपालसहित समयमै शुल्क नदिएको भन्दै स्मार्ट टेलिकम र वेब सर्फर कम्युनिकेसनको लाइसेन्स खारेज गर्ने प्राधिकरणको निर्णय सरकारले खारेज गरेको हो।