उज्जल धमला : काठमाडौं, २४ पुष । पृथ्बी जयन्ती आउनै लाग्दा पृथ्वीनारायण शााहले राज्य एकीकरण गरेको बेला गोरखा, धादिङ, नुवाकोट काठमाडौं का केहि जिल्लाहरुको स्मरण गराई पदयात्रा टोलिमा निस्केका नेपाली सेनाको एक टोली तारकेश्वर नगरपालिकास्थित् पुरानो गुहेश्वरी काठमाडौं आईपुगेको छ ।
नेपाली सेनाको उक्त पदयात्रा टोलीको नेतृत्व शमशेर दल गणका प्रमुख सेनानी महेश्वर कार्कीको नेतृत्वमा झन्डै ६० जनाभन्दा बढिको एक टुकडी बाजागाजा बजाउँदै पृथ्वीनारायण शाहको स्मरण गराई जब तारकेश्वर नगरपालिका प्रबेश गर्दै गर्दा पुरानो गुहेश्वरी खैजेडी भजन समूह तारकेश्वर नगरपालिका–४ बाट उक्त टोलीलाई नेपालको राष्ट्रिय झण्डा, फूलमाला, अबिरले भब्य स्वागत गरियो ।
उक्त स्वागत कार्यक्रममा तारकेश्वर नगरपालिका–४ नं वडा अध्यक्ष नरेन्द्रदास श्रेष्ठ, पुरानो गुहेश्वरी खैजेडी भजन समुहका अध्यक्ष रामप्रसाद थपलिया, राष्ट्रबादी केन्द्र तारकेश्वर नगरपालिका प्रमुख अर्जुन उप्रेती, ४ नं वडा संयोजक रामकृष्ण रिजाललगायतको उपस्थिति तथा बिभिन्न संघ–संस्थाका प्रतिनिधि समाजसेवी, बिधार्थीलगायत हजारौंको उपस्थिति रहेको थियोे ।
पुरानो गुहेश्वरी खैजेडी भजन समूहले आफ्ना भजन र श्लोकमार्फत पृथ्वीनारायण शााहले राज्य एकीकरणको बेलामा झेल्नु परेको बाधा अड्चन र नेपाली सेनाले पदयात्रामार्फत गोरखा, धादिङ, नुवाकोट, काठमाडौंलाई अझै तिब्र रुपमा चिनाएकोमा धन्यवाद् दिएका थिए । (धमला पुरानो गुहेश्वरी खैजेडी भजन समुहका प्रचार–प्रसार संयोजक हुन् ।)