Logo

सुनको मूल्यमा गिरावट



काठमाडौँ २५ पौष  : सुनको मूल्यमा ओरालो लागेको छ । शुक्रबार सुनको मुल्य प्रतितोला ९०० रुपयाँले घटेर ७४ हजार ६०० रुपैैयाँमा कारोबार भइरहेको सुनचांदी महासंघले जनाएको छ । बिहीबार सुनको मूल्य १ हजार रुपैयाँले घटेर ७५ हजार ५०० रुपैयाँमा कारोबार भएको थियो । यस्तैगरि, तेजावी सुनको मूल्य शुक्रबार प्रतितोला ९०० रुपैयाँले घटेर ७४ हजार ३०० रुपैयाँमा झरेको जनाइएको छ ।

तेजावी सुनको भाउ ७५ हजार २०० रुपैयाँ थियो भने चाँदीको भाउ पनि प्रतितोला १५ रुपैयाँले घटेर ८ सय ८५ रुपैयाँमा कारोबार भइरहेको छ । अमेरिका र इरानबीच तनाब बढेसँगै सुनको भाउ एकाएक उकालो लागेको थियो । विश्व बजारकै प्रभावले नेपाली बजारमा पनि मूल्य बढेको सुन व्यवसायीको भनाई छ ।



प्रतिक्रिया दिनुहोस्