काठमाडौं, २५ पुष । प्राध्यापक डा. सुरेन्द्र केसीले सूचना प्रविधि विद्येयकको विरुद्धमा नेपाल पत्रकार महासंघ किन नबोलेको भन्दै प्रश्न गरे । सरकारले सामाजिक सञ्जाललाई बन्द गराउन खोजेको उनको आरोप छ । उनले भने,‘सामाजिक सञ्जाललाई व्यवस्थित् गर्नुपर्छ, तर यसको पछाडिको नियत के हो ? यो चूनौतिपूर्ण छ ।’
शुक्रबार रिपोर्टर्स क्लब नेपालले आयोजना गरेको विशेष साक्षात्कारमा उनले युट्युवलगायतका सामाजिक मिडियामा देशका युवा जनशक्ति आफ्नो बलबुताले लागिपरेको सुनाए । उनले भने,‘यो सरकारले युवाहरुलाई भाग्य र भविष्य दिनुपर्ने थियो । तर, त्यो पनि दिएको थिएन । अहिले त आफ्नै बलबुताकाले लागिपरेका युवाहरुलाई किन निरुत्साहित पार्ने काम हुँदैछ् ?।’
एक लाखको क्यामेरा किनेर युट्युब चलाएका पत्रकारहरुलाई लेखेकै भरमा १५ लाख जरिवाना गर्नु न्यायोचित नहुने उनको तर्क छ । उनले विद्येयकको प्रावधानमा व्यवस्था गरिएको दण्ड, सजाय गलत रहेको टिप्पणी गरे ।
उनले वर्तमान सञ्चारमन्त्री गोकुल बाँस्कोटा आफैं युवा भएकोले उनले युवाहरुको भावना बुझ्नुपर्नेमा जोड दिए । उनले वर्तमान सरकार अधिनायकवादी बाटोमा हिँड्न खोजेको आरोप लगाए । देशको शासकीय प्रवृत्ति यति काण्ड, बालुवाटार जग्गा काण्ड, अष्ट्रेलिया आफैं पीडा र वेदनामा रहेको पर्यटनमन्त्री योगेश भट्टराई त्यहाँ गएर जुलुश निकाल्दा मिडियाबाट घातक हमला भएको घट्ना सुनाउँदै सरकारले यस्तै खालका हमला रोक्नको लागि विद्येयक ल्याउन खोजेको पनि उनले सचेत गराए ।
उनले मिडियालाई बन्देज गर्ने र सामाजिक सञ्जाल अवरुद्ध गर्न खोजे आफूहरु सरकारको विरोधमा उत्रिने पनि चेतावनी दिए । उनले सरकारले उक्त विद्येयक नयाँ ढंगले आउनुपर्ने तर्क गरे ।
रिपोर्टर्स क्लब नेपालका सभापति ऋषि धमलाले पनि प्रेस स्वतन्त्रताविरोधी विद्येयक आफूहरुलाई कुनैपनि हालतमा मान्य नहुने बताएका छन् । उनले विद्येयक ल्याउँदा मिडिया र पत्रकारमैत्री हुनुपर्नेमा जोड दिए ।
‘क्लब विधिको शासनको पक्षमा छ ।लोकतन्त्रको पक्षमा छ । कानूनी राज्यको पक्षमा छ । प्रेस स्वतन्त्रताको पक्षमा छ । यसमा कुनैपनि हालतमा सम्झौता गर्दैन् । हामी आफ्नो अधिकार प्राप्तिको लागि जस्तोसुकै संघर्ष गर्नपनि तयार छौं ।’–उनले भने ।