काठमाडौं, २५ पौष । विश्व हिन्दी दिवस विविध कार्यक्रम गरी नेपालमा पनि मनाइएको छ । आज त्रिभुवन विश्वविद्यालय अन्र्तगतको हिन्दी केन्द्रीय विभाग र भारतीय राजदूतावासले संयुक्त रुपमा हिन्दी दिवस मनाएका हुन् ।
राजधानीमा आयोजित कार्यक्रमकाबीच सामान्य प्रशासनमन्त्री हृदयश त्रिपाठी र नेपालका लागिभारतका कार्यवाहक राजदूत डा. अजय कुमारले हिन्दी केन्द्रीय विभागको शोध पत्रिका साहित्यलोकको विशेषाङ्क लोकापर्ण गरेका थिए । वीपी कोइराला भारत नेपाल फाउन्डेशन, भारतीय राजदूतावास काठमाडौंको सहयोगमा प्रकाशित दुई हिन्दी तथा दुई नेपाली पुस्तकको पनि लोकार्पण गरिएको थियो । पुस्तकहरुमध्ये विश्वप्रशिद्ध कथाकार प्रेमचन्दद्धारा लिखित पाँच प्रशिद्ध कथाहरु एवं नेपालीमै अनुवाद गरिएको स्वामी विवेकानन्दको प्रशिद्ध पुस्तक कर्मयोग समावेश छन् ।
राष्ट्रकवि माधवप्रसाद घिमिरेद्धारा रचित गीति नाटक अश्वत्थामा एवं युवा तथा नयाँ नेपाली कथाकारहरुद्धारा लेखिएका २५ आधुनिक नेपाली कथाहरुको अनुवादित संग्रह उत्कृष्ट कहाँनियाको पनि लोकापर्ण गरिएको थियो । कार्यक्रममा सांगितिक प्रस्तुती समेत गरिएको थियो । कार्यक्रममा साहित्यकारहरुको उल्लेख्य उपस्थिति थियो ।