Logo

पाम आयल निर्यातमा देखिएको समस्याबारे कांग्रेसद्वारा सरकारको ध्यानाकार्षण



काठमाडौं, २६ पुष । प्रमुख प्रतिपक्षी नेपाली कांग्रेसले प्रशोधित पाम आयल निर्यातका लागि सरकारले सहज वातावरण बनाउनुपर्ने माग गरेको छ । कांग्रेस प्रमुख सचेतक बालकृष्ण खाँणले विज्ञप्ति निकालेर पाम आयल भारत निर्यात नहुने अवस्था सिर्जना भएकोले यसबाट नेपालमा उत्पादित पाम आयल खेर जाने र उद्योगी व्यवसायीको लगानी संकटमा पर्ने भन्दै सरकारसँग सहज वातावरणका लागि पहल गर्न आग्रह गरेका हुन्।

खाँणले जारी गरेको विज्ञप्तीमा थप भनिएको छ,‘पाम आयल खेर जाने, उद्योगीका लगानी जोखिममा पर्ने र श्रमिक तथा कर्मचारीको रोजगारीमा संकट उत्पन्न हुने अवस्थाप्रति हाम्रो गम्भीर ध्यानाकर्षण भएको छ । सरकारले कुटनीतिक पहल गरी पाम आयल अन्य मुलुकमा निर्यातका लागि सहज वातावरण गराउन ध्यानाकर्षण गराउँदछौं ।’



प्रतिक्रिया दिनुहोस्