Logo

विप्लवलाई आफ्नो पार्टीमा आउन प्रचण्डको आह्वान



काठमाडौं, २६ पुष । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का अध्यक्ष पुष्पकमल दाहालले पूनः नेत्रविक्रम चन्द विप्लवलाई आफ्नो पार्टीमा आउन आह्वान गरेका छन् । पार्टी केन्द्रीय कार्यालयमा शनिबार विप्लव समूहका पोलिटव्युरो सदस्य मोहन कार्कीलाई पार्टीमा प्रवेश गराउने कार्यक्रममा प्रचण्डले यस्तो बताएका हुन् ।

sahakari_padadhikari_badhai-poush-26-2076

sahakari_padadhikari_badhai-poush-26-2076

Posted by क. प्रचण्ड / Comrade Prachanda on Friday, 10 January 2020

दाहालले भने,‘मलाई लाग्छ भोलि स्वंयम विप्लव पनि यहाँ आउनुपर्छ। आउन ढिला गर्नुभयो भने त्यसले उहाँलाई फाइदा गर्दैन,’ ‘मलाई त भरोसा छ एकदिन उहाँ (विप्लव) पनि यसैगरी आउनुपर्ने ठाउँमा पुग्नुहुन्छ।’ सानो चुल्होचौकामा बसेर केही नहुने उल्लेख गर्दै ढिलोछिटो विप्लव पनि नेकपामै आउने अध्यक्ष दाहालको दाबी छ ।



प्रतिक्रिया दिनुहोस्