Logo

तरकारीमय थिर्पु गाउँ



काठमाडौँ, २७ पुस । कालिकोटको पलाँता गाउँपालिका अन्तर्गतको थिर्पु गाउँकाका किसान तरकारी खेतीतर्फ आकर्षित भएका छन् । गाउँमा शिहदरबार आएसंगै बिभिन्न क्षेत्रमा काम गर्ने कर्मचारीको प्रवेश भएपछि तरकारीको माग बढ्न थालेको हो ।

परम्परागत गहँ, जौ, धान खेतीलाई बिस्तापित गदै किसान तरकारी खेतीमा आकर्षित हुन थालेका हुन् । तरकारी उत्पादन गर्दा हातैमा पैसा आउने भएपछि ६ महिनापछि पाक्ने खाद्य बाली छोडेको कृषक सरला बमले वताए । उनले घरमा खानका लागि सानो शारीमा तरकारी खेती गरे पनि ब्यवसायिकरुपमा यस भन्दा अगाडि तरकारी खेती नगरेको सुनाए ।  राज्य पुनर्संरचनाले गर्दा गाउँमा स्थानीय सरकार सञ्चालन भएपछि कर्मचारीको प्रवेश हुनु र सडक पुगेपछि मानिसहरुको चहलपल हुन थालेपछि तरकारीको माग वढ्दा तरकारी खेती सुरु गरेको बमको भनाइ छ ।

थिर्पुको धान उत्पादन हुने खेतमा हिउँदको समयमा गहुँवालीको बीचमा समेत तरकारी खेती गरिहेका छन् । स्थानीय पूर्णसिहं बमले वार्षिक ६० हजारमा भाडामा जग्गा लिएर तरकारी खेती गरिरहेको छ । उनले भने, म कतार गएर तीन वर्ष बँसे । खासै जीवनमा प्रगति भएन । नेपालमा गएर खेती भए पनि गरेर बस्छु भन्ने सोच भयो । गाउँमा आउँदा अरु पेसा भन्दा मेरा लागि तरकारी खेती नै उत्तम छ सोचेर वार्षिक ६० हजार भाडामा जग्गा लिएर तरकारी खेती गरिरहेको छु । पहिलो पटकको तरकारी खेतीमा खासै धेरै फाइदा भएन । लगानी सबै भाडाको लागि मासिक १२ हजार छुटाएर घर खर्च मात्र चलेको छ । अव यो पटक लगाएको आलु, वन्दा, पालुंगो, भाजीले कति फाइदा हुन्छ त्यसको हिसाव निकाल्न नपाएको उनको भनाइ छ ।
गोरखापत्र दैनिकबाट



प्रतिक्रिया दिनुहोस्