Logo

प्रदेश २ मा बीसभन्दा बढी राष्ट्रिय योजना



काठमाडौँ, २७ पुस । अर्थमन्त्री डा. युवराज खतिवडाले प्रदेश २ को विकास र समृद्धि सङ्घीय सरकारको मुख्य प्राथमिकतामा रहेको बताएको छ ।

महोत्तरी जिल्लाको बर्दिबासमा शनिबार मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय प्रदेश २ ले आयोजना गरेको प्रदेश समन्वय बैठकमा प्रमुख अतिथिका रूपमा बोल्नुहुँदै अर्थमन्त्री खतिवडाले त्यस्तो बताएको हो । उनले राष्ट्रिय योजनामध्ये २० भन्दा बढी यस प्रदेशको योजना रहेको जानकारी दिए । यी योजना सम्पन्न भएपछि प्रदेश २ को कायापलट हुने दाबी पनि गरे । पूर्व–पश्चिम रेल, पूर्व–पश्चिम राजमार्गको स्तरोन्नति, राजमार्गदेखि सदरमुकाम जोड्ने सडक निर्माण, हुलाकी सडक, सिँचाइ र विद्युत् योजना मुख्य रूपमा यो प्रदेशको योजनामा रहेको जानकारी दिए ।

यो प्रदेशमा सिँचाइ र विद्युत्को आवश्यकतालाई पूर्ति गर्न सुनकोसी मरिन डाइभर्सन तथा कमला सुनकोसी डाइभर्सनको काम सुरु भइसकेको बताउदै अर्थमन्त्री खतिवडाले यी डाइभर्सनबाट प्रदेश २ को सिँचाइ र विद्युत्को समस्या समाधान
हुने बताए ।
गोरखापत्र दैनिकबाट



प्रतिक्रिया दिनुहोस्