काठमाडौं, १ माघ । नेपाल प्रहरीको प्राविधिक समूहतर्फको प्रहरी जवान पदमा आवेदन खुलेको छ । आज प्रहरी प्रधान कार्यालय नक्शालले आवेदन खुलाएको हो ।
आवेदन खुलाइएकामा सञ्चार निर्देशनालयतर्फ इन्जिनियरिङ ६११, सूचना प्रविधि निर्देशनालयतर्फ इन्जिनियरिङ ४३, भौतिक पूर्वाधार निर्देशनालयतर्फ इन्जिनियरिङ ६३, सवारी महाशाखातर्फ इन्जिनियरिङ १२६, केनाइन महाशाखातर्फ केनाइन ५३, हातहतियार मर्मत शाखातर्फ हातहतियार ६, नेपाल प्रहरी अस्पतालतर्फ स्वास्थ्य १९, केन्द्रीय प्रहरी विधि विज्ञान प्रयोगशाला तर्फ विधि विज्ञान ७ र नेपाल प्रहरी संगीत विद्यालयतर्फ संगीत उपसमूहमा १४४ जना जवानको आवेदन खुलाइएको हो ।
फारम भर्ने तरिका र योग्यता जान्न यहाँ क्लिक गर्नुहोस्